Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

हिम स्टार उर्जा कम्पनीको आईपीओ असार ३२ गते बाँडफाँट, मागभन्दा ३० गुणा बढी आवेदन

हिम स्टार उर्जा कम्पनीको आईपीओ असार ३२ गते बाँडफाँट, मागभन्दा ३० गुणा बढी आवेदन

  •  

    काठमाडौँ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले थप सर्वसाधारणका लागि निष्कासन गरेको ७ लाख ७३ हजार ९७५ कित्ता आईपीओ असार ३२ गते बाँडफाँट गर्ने भएको छ। कम्पनीले यो आईपीओ असार २४ गतेदेखि २७ गतेसम्म निष्कासन गरेको थियो। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले बुधबार दिउँसो ३ बजे बाँडफाँट कार्यक्रम तय गरेको जानकारी दिएको छ।कम्पनीको आईपीओमा अत्यधिक आवेदन परेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार, अन्तिम दिनसम्म १९ लाख ९७ हजार २४२ जना आवेदकबाट २ करोड ३३ लाख ४७ हजार ३३० कित्ता सेयरको लागि आवेदन परेको छ। यो मागभन्दा झण्डै ३० गुणा बढी हो। मागभन्दा बढी आवेदन परेको हुँदा गोलाप्रथाबाट ७७ हजार ३९७ जना भाग्यमानी आवेदकले सेयर प्राप्त गर्नेछन्। बाँडफाँटमा ११ कित्तासम्म शेयर प्राप्त गर्न सकिनेछ — प्रारम्भमा १० कित्ताको दरले र बाँकी ५ कित्ताबाट थप १ कित्ताको दरले बाँडफाँट गरिनेछ।यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँट गरिसकेको छ। कम्पनीले जारी पूँजी रु ३७ करोड ३० लाखको ३० प्रतिशत अर्थात् ११ लाख १९ हजार कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो।

    • आयोजना प्रभावित स्थानीयका लागि – १ लाख ८६ हजार ५०० कित्ता
    • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि – ९३ हजार २५० कित्ता
    • कर्मचारीका लागि – १८ हजार ६५० कित्ता
    • सामूहिक लगानी कोषका लागि – ४६ हजार ६२५ कित्ता शेयर सुरक्षित गरिएको छ।

    हिम स्टार उर्जाले ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। यस आयोजनाको कुल अनुमानित लागत रु १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रहेको छ भने प्रति मेगावाट लागत रु २४ करोड ७७ लाख ७ हजार ३८७ रहेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनी रु २१ लाख ५० हजार सञ्चित नोक्सानीमा रहेको देखिएको छ।आर्थिक वर्ष ०८०/८१ सम्मको विवरण अनुसार, कम्पनीको प्रति सेयर नेटवर्थ रु ९९.१७ रहेको छ भने प्रति सेयर नोक्सानी रु ०.२१ रहेको छ। आयोजना सञ्चालनमा आएपछि कम्पनीको वित्तीय प्रदर्शनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij