Logo

Jul 15 2025 | २०८२, असार ३१गते

Jul 15 2025 | २०८२, असार ३१गते

images

सरकारले आव २०८१/८२मा सवा सात अर्ब बढीको  छात्रवृति बाँड्यो

सरकारले आव २०८१/८२मा सवा सात अर्ब बढीको  छात्रवृति बाँड्यो

  • काठमाडौँ । सरकारले आर्थिक वर्ष (आव ) २०८१/८२मा सवा सात अर्ब बढीको छात्रवृति बाँडेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक सूचना २०८१मा दिइएको आँकडाले यस्तो देखिएको हो ।मन्त्रालयका अनुसार  २०८१मा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू मध्ये १५ लाख ५२ हजार १ सय ६८ जना विभिन्न किसिमका आवासीय, गैर आवासीय,दलित, छात्रा, अपाङ्ग, सीमान्तकृत समूहलगायतका विद्यार्थीलाई  छात्रवृति दिएको छ ।

    आर्थिक वर्ष २०८१/८२मा छात्रवृति कार्यक्रम अन्तर्गत विद्यालय शिक्षामा रु १ अर्ब ८३ करोड, प्राविधिक शिक्षामा ५ करोड, उच्च शिक्षामा ३९ करोड ४६ लाख र चिकित्सा शिक्षामा ५ अर्ब ११ करोड गरी कुल ७ अर्ब ३९ करोड रकम विनियोजन गरिएको जनाइएको छ ।  साबिकमा कक्षा ९–१२मा अध्ययनरत विद्यार्थीलाई वितरण गर्ने गरिएको  विपन्न लक्षित कक्षा ६देखि १२ सममका विद्यार्थीलाई उपलब्ध गराउने कार्यक्रम गरिएको छ ।छात्रवृतिको उपलब्धताले लक्षित वर्गको पढाइ छाड्ने दरमा कमी ल्याउन योगदान गर्नुको साथै सामाजिक समता कायम गर्न समेत योगदान गरेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij