Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

धरहराको समय विस्तार: अब बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला

धरहराको समय विस्तार: अब बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला

  •  

    काठमाडौँ । आगामी २०८२ साउन १ गतेदेखि ऐतिहासिक धरहरा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म, अर्थात् १२ घण्टा सर्वसाधारणका लागि खुला गरिने भएको छ। हाल धरहरा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालनमा छ, तर अब यो समय थपिने भएको हो।

    शहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार, धरहरा दुई सिफ्टमा सञ्चालन गरिनेछ। साथै, सार्वजनिक विदाको दिनहरूमा पनि धरहरा अवलोकनकर्ताहरू तथा पर्यटकहरूका लागि खुला रहनेछ।

    गौरतलब छ कि ऐतिहासिक धरहरा २०८१ साल मंसिर ९ गतेदेखि सर्वसाधारणको लागि पुनः खुला गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij