
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा १ रुपैयाँले कटौती गरिएको हो।
निगमले जारी गरेको सूचनामा अनुसार, मूल्य घटाउने निर्णय बुधबारदेखि लागू हुनेछ। मूल्य घटेसँगै उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij