Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

स्वस्तिक लघुवित्तको आइपीओमा वैदेशिक श्रमिकबाट उत्साहजनक आवेदन, ३९.६५ गुणा बढी माग

स्वस्तिक लघुवित्तको आइपीओमा वैदेशिक श्रमिकबाट उत्साहजनक आवेदन, ३९.६५ गुणा बढी माग

  • काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री खुला गरेको प्राथमिक शेयर मा उल्लेखनीय उत्साह देखिएको छ। सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आज बिहान १०:६ बजेसम्म कुल ५७ हजार २१९ जनाले ९ लाख १६ हजार ७० कित्ता सेयरका लागि आवेदन दिएका छन्, जुन मागभन्दा ३९.६५ गुणा बढी हो। यस आधारमा कुल आवेदन रकम ९ करोड १६ लाख ७ हजार रुपैयाँ पुगेको छ।

    स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई लक्षित गर्दै प्रतिकित्ता १०० रुपैयाँ दरमा २३ हजार कित्ता शेयर बिक्री खुला गरेको थियो। नेपाल धितोपत्र बोर्डले यस संस्थालाई कुल २ लाख ३१ हजार कित्ता ९२ करोड ३१ लाख रुपैयाँ बराबर० सेयर निष्कासनको अनुमति दिएको थियो।

    जसमध्ये, १० प्रतिशत (२३ हजार कित्ता) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, ०.५० प्रतिशत (१,१५५ कित्ता) कर्मचारीहरूका लागि र ५ प्रतिशत ९११,५५० कित्ता० म्युचुअल फन्डका लागि छुट्याइएको छ। बाँकी रहेका १ लाख ९५ हजार ५९५ कित्ता सेयर सर्वसाधारणका लागि दोस्रो चरणमा बिक्री गरिनेछ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले साउन ९ गतेसम्म न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन्। आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट दिन सकिने व्यवस्था छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij