Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

दोर्दी खोला जलविद्युतको सेयर लिलामीमा आवेदन दिने आज अन्तिम मौका

दोर्दी खोला जलविद्युतको सेयर लिलामीमा आवेदन दिने आज अन्तिम मौका

  •  

    काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडको ९३ हजार ६२९ कित्ता सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन हो। इच्छुक लगानीकर्ताहरूले आज कार्यालय समयभित्र आफ्नो आवेदन पेश गर्नुपर्नेछ।

    यस लिलामीमा सहभागी हुन न्यूनतम मूल्य १०० रुपैयाँ कायम गरिएको छ, जसअनुसार लगानीकर्ताहरूले प्रतिस्पर्धात्मक शिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ।

    कम्पनीले असार २४ गतेदेखि सर्वसाधारण समूहमा लकइनमा नरहेका सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो। यसमा व्यक्ति, कम्पनी, संघ वा संस्थाहरूले गोप्य रूपमा आवेदन दिन सक्नेछन्।

    यस लिलामीको सेयर बिक्री व्यवस्थापनको जिम्मा सानिमा क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताहरूले आफ्नो बोलपत्र सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij