Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

राष्ट्र बैंकद्वारा ३६६ दिने मुद्दतीमा ५७ करोड लिन चाहने बैंक तथा वित्तीय संस्थालाई आह्वान

राष्ट्र बैंकद्वारा ३६६ दिने मुद्दतीमा ५७ करोड लिन चाहने बैंक तथा वित्तीय संस्थालाई आह्वान

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३६६ दिने मुद्दतीमा ५७ करोड लगानी गर्न बैक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।बैंकको उपदान तथा पेन्सन कोषमा  रहेको रकम लगानी गर्न इजाजत प्राप्त  क वर्गका वाणिज्य बैंक, ख वर्गका राष्ट्रिय विकास बैंक र ग वर्गका राष्ट्रिय वित्त कम्पनीहरूलाई आह्वान गरिएको हो ।

    २०८२ साल साउन ६ गतेदेखि २०८३ साल साउन ६ गतेसम्म ३६६ दिने मुद्दतीका लागि क वर्गका वाणिज्य बैंकका लागि ५७ करोड मध्ये ४५ करोड ६० लाख, ख वर्गका राष्ट्रिय विकास बैंकहरूका लागि ८ करोड ५५ लाख र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीका लागि २ करोड ८५ लाख छुट्टयाइएको छ ।

    यो मुद्दती लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने छ । यसका लागि निवेदन २०८२ साल साउन ४ गते दिन पर्ने छ । साउन ४ गते बिहान १० बजेदेखि १ः३०बजेसम्म एफएमडीबीआईडी अटद रेट एनआरबी डट ओआरजीडट एनपी जानकारी गराउन भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij