
शेयर बजारमा सुधारको संकेत, कारोबार तीनगुना, बजार पुँजीकरण ३१% ले बढ्यो
काठमाडौँ। नेपाली शेयर बजार गत आर्थिक वर्ष २०८१/८२ मा उत्साहजनक प्रदर्शन गरेको छ। अघिल्लो वर्षको तुलनामा झन्डै २५ प्रतिशतले नेप्से परिसूचक बढेको छ भने कारोबार रकम र बजार पुँजीकरणमा समेत उल्लेख्य वृद्धि देखिएको छ।
अघिल्लो आवको असार मसान्तमा २,२४०.४१ विन्दुमा रहेको नेप्से परिसूचक, गत आवको अन्त्यमा ५३४.३७ अंकले बढ्दै २,७९४.७८ विन्दुमा पुगेर बन्द भएको छ। यो वृद्धि २४.७४ प्रतिशतको हो, जुन हालको बजार सुधारको संकेतक मानिएको छ।
अर्थमन्त्री र गभर्नरको आगमनपछि बजारमा सुधार
आर्थिक वर्षको सुरुवातमै अर्थमन्त्री विष्णु पौडेलको पुनः नियुक्ति र पछि गभर्नर डा. विश्व पौडेलको प्रवेशपछि शेयर बजारमा सकारात्मक सन्देश प्रवाह भएको देखिन्छ। यी नेतृत्वद्वयले लिएका बजारमैत्री नीतिहरूले लगानीकर्ताको मनोबल बढाएको छ।
गत आवमा नेप्सेले ३,०८१ विन्दुको उच्च विन्दु समेत छोयो, जुन अघिल्लो आवको उच्च विन्दु २,२५७.६० विन्दु भन्दा धेरै माथि हो। नेप्सेले इतिहासमै सबैभन्दा उच्च विन्दु ३,१९८ टेकेको थियो भने न्यूनतममा झरेर १,८०० विन्दुमा आइपुगेको थियो।
कारोबार रकम तीनगुना, औसत दैनिक कारोबार ९ अर्ब नाघ्यो
गत आर्थिक वर्षमा कुल २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो आवको ७ खर्ब ३४ अर्बको तुलनामा १८९.२३ प्रतिशतले बढी हो।
औसत दैनिक कारोबार पनि ३ अर्ब २० करोडबाट बढेर ९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।
कारोबार संख्या पनि ५०% ले वृद्धि
२०८०/८१ मा भएको १ करोड ४७ लाख ९५ हजार कारोबारको तुलनामा गत आवमा कारोबार संख्या २ करोड २२ लाख ३५ हजार पुगेको छ, जुन ५० प्रतिशतको वृद्धि हो।
बजार पुँजीकरणमा ३१% वृद्धि, ४६ खर्ब नाघ्यो
अघिल्लो वर्ष ३५ खर्ब ५३ अर्बको पुँजीकरण रहेको बजार गत आवको अन्त्यसम्म ४६ खर्ब ५६ अर्ब पुगेको छ। नेप्सेको उच्च विन्दुका बेला यो ४८ खर्बको हाराहारी पुगेको थियो। विपरित अवस्थामा बजार २८ खर्ब १३ अर्बसम्म घटेको थियो।
सूचीकृत कम्पनीको संख्या घट्यो
राष्ट्र बैंकको मर्जर तथा एक्विजिसन नीति अनुसार सूचीकृत कम्पनीको संख्या घटेको छ। अघिल्लो वर्ष २७० कम्पनी सूचीकृत रहेकामा, गत आवमा यो संख्या घटेर २५० मा सीमित भएको छ।
उपसमूह विश्लेषण : 'अन्य' समूह सबैभन्दा अगाडि
अन्य उल्लेखनीय वृद्धि:
एकमात्र घट्ने समूह — म्युचुअल फन्ड
नेप्से परिसूचकमा २५ प्रतिशतले वृद्धि हुँदा पनि म्युचुअल फन्ड समूह मात्र घटेको समूह रह्यो, जसमा ०.८५% को गिरावट आएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij