Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

आजदेखि सेयरधितो राखेर अधिकतम २५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने

आजदेखि सेयरधितो राखेर अधिकतम २५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने

  • काठमाडौँ ।  आजदेखि सेयरधितो राखेर अधिकतम २५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने भएको छ। नेपाल राष्ट्र बैंकले आगामी साउन १ गतेदेखि लागू हुने व्यवस्था अनुसार, इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिने मार्जिन प्रकृतिको कर्जामा एकल ग्राहकले पाउन सक्ने अधिकतम सीमा २५ करोड रुपैयाँ तोकेको हो।
     
    बुधबार सार्वजनिक परिपत्रमार्फत राष्ट्र बैंकले सेयर बजारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मार्जिन लोन’ (सेयर धितो कर्जा) को सीमा वृद्धि गरेको हो। यसअघि यो सीमा १० करोड रुपैयाँ थियो, जुन पछिल्लो मौद्रिक नीतिबाट १५ करोड पुर्याइएको थियो। अब थप वृद्धि गर्दै २५ करोड रुपैयाँसम्म पु-याइएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij