Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सुनकोसी–मरिन डाइभर्सन आयोजनाको स्थलगत अध्ययन गर्न सात सदस्यीय उपसमिति गठन

सुनकोसी–मरिन डाइभर्सन आयोजनाको स्थलगत अध्ययन गर्न सात सदस्यीय उपसमिति गठन

  • काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले सुनकोसी–मरिन डाइभर्सन आयोजनाको कार्यप्रगतिबारे अध्ययन गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ।

    उक्त उपसमितिको संयोजकमा सांसद प्रकाश ज्वालालाई चयन गरिएको छ भने अन्य सदस्यहरूमा सीता गुरुङ, ठाकुर गैरे, माधव सापकोटा, बिना लामा, निशा डाँगी र सुशीला श्रेष्ठ रहेका छन्। समितिमा दलीय प्रतिनिधित्व समेट्ने गरी संरचना बनाइएको हो।

    उपसमितिले आयोजना सम्बन्धमा स्थलगत अध्ययन, अवलोकन र अनुगमन गरी सरोकारवाला निकायहरूसँग परामर्श गर्नेछ र त्यसपछि २ महिनाभित्र मूल समितिमा प्रतिवेदन पेश गर्ने बताइएको छ।

    नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको सुनकोसी–मरिन डाइभर्सन योजनाले तराई–मधेसका करिब १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ। तर, आयोजनाको प्रगति सन्तोषजनक नभएको भन्दै सांसदहरूबीच चिन्ता व्यक्त गरिएको छ।

    उक्त आयोजनामार्फत सुनकोसी नदीको करिब ७६ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको मरिन खोलामा खसाल्ने, साथै ३१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ। आयोजना वि।सं। २०८४ को असोजसम्म सम्पन्न गर्ने लक्ष्य तय गरिए पनि हालसम्म काम उल्लेख्य रूपमा अघि बढ्न नसकेको उल्लेख गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij