काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ४२ दिने भाखामा ५० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले साउन ४ गते ५० अर्ब रुपैयाँ उठाउन बोलकबोलकर्तालाई आइतबार आह्वान गरेको हो ।
राष्ट्र बैंकले ४२ दिनका लागि उठाउन लागेको ५० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले भदौ १५ गते फिर्ता पाउने जनाएको छ ।‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ।
बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij