
काठमाडौँ । अमरराज मिश्रले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य पदबाट राजीनामा दिएका छन् । उनले अघिल्लो साता नै पदबाट राजीनामा दिएका हुन् । आयोगका सदस्य मिश्रले राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा पत्र बुझाएका हुन् ।
संवैधानिक पदाधिकारीहरूले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएपछि पद रिक्त हुने व्यवस्था भएपनि राष्ट्रपति कार्यालयले मिश्रले राजीनामा दिएको सूचना निकालेको छैन ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij