Logo

Aug 23 2025 | २०८२, भदौ ७गते

Aug 23 2025 | २०८२, भदौ ७गते

images

रसुवा जिल्लामा असार २३ गतेको बाढीका क्षतिपूर्तिका लागि करिब २९ करोडको बीमा दाबी

रसुवा जिल्लामा असार २३ गतेको बाढीका क्षतिपूर्तिका लागि करिब २९ करोडको बीमा दाबी

  • काठमाडौँ । असार २३ गते रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीले गरेको क्षतिपूर्तिका लागि २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बीमा दाबी गरिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार साउन १ गतेसम्म सो रकमको बीमा दाबी गरिएको हो ।यो अवधिमा ९ कम्पनीमा ६३ वटा दाबी परेको छ । साउन १ गतेसम्म सामुद्रिक बीमा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम, सम्पत्ति बीमा, मोटर बीमा सार्वजनिक र निजी तर्फ  दाबी गरिएको जनाइएको छ ।

    प्रारम्भिक बीमा दाबीको विवरण अनुसार शिखर इन्स्योरेनस कम्पनी लिमिटेडमा १०वटा दाबी गरिएको छ । त्यसमा १६ करोड १२ लाख १० हजार, नेको इन्स्योरेन्स लिमिटेडमा ३वटा दाबीम ५ करोड १२ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडमा ७ वटा दाबीमा ३ करोड ४१ लख ५० हजार, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा १२ दाबीमा १ करोड २८ लाख ५० हजार, सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडमा ६ वटा दाबीमा ७७ लाख, आइजिआई प्रुडेनिसयल इस्योरेन्स कम्पनी लिमिटेडमा ९वटा दाबीमा ७५ लाख ५० हजार,युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमा ३ दाबीमा ६८ लाख, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा ६ दाबीमा ४७ लाख, र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडमा ७ दाबीमा ३१ लाख बराबर बीमा दाबी गरिएको छ । यो कुल २८ करोड ९२ लाख ६० हजार बराबरको दाबी हो ।

    यसैगरी बीमालेख अनुसार बीमा दाबीको विवरण अनुसार  सामुद्रिक बीमामा ६ दाबीमा १५ करोड ७० लाख १० हजार, इन्जिनियरिङ तथा ठेकेदार जोखिममा ४ दाबीमा ५ करोड ५५ लाख, सम्पत्ति बीमामा १० दाबीमा ४ करोड १८ लाख ५० हजार, मोटर बीमा सार्वजनिक ३२ दाबीमा २ करोड ३१ लख ५० हजार र मोटरबीमा निजीमा ११ दाबीमा १ करोड १७ लाख ५० हजार गरी कुल २८ करोड ९२ लाख ६० हजार बराबरको बीमा दाबी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij