Logo

Aug 22 2025 | २०८२, भदौ ६गते

Aug 22 2025 | २०८२, भदौ ६गते

images

नेपाल राष्ट्र बैंकले बजारबाट बुधबार  ८० अर्ब रुपैयाँ निक्षेप उठाउँदै

नेपाल राष्ट्र बैंकले बजारबाट बुधबार  ८० अर्ब रुपैयाँ निक्षेप उठाउँदै

  • काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बजारबाट बुधबार  ८० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले साउन ७ गते ८० अर्ब रुपैयाँ उठाउने भएको हो । राष्ट्र बैंकले ५६ दिन अवधिका लागि  उठाउन लागेको ८० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले असोज १ गते फिर्ता पाउने सार्वजनिक गरेको सूचनामा जनाएको छ ।

    क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ।

    बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij