Logo

Oct 19 2025 | २०८२, कात्तिक २गते

Oct 19 2025 | २०८२, कात्तिक २गते

images

धितोपत्र बोर्डले लगानीकर्ताको  टिएमएसमा बैंक खाता लिङ्क गराउने, उधारो कारोबारमा रोक लाग्ने संकेत

धितोपत्र बोर्डले लगानीकर्ताको  टिएमएसमा बैंक खाता लिङ्क गराउने, उधारो कारोबारमा रोक लाग्ने संकेत

  •  

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरूको ट्रेड म्यानेजमेन्ट सिस्टम टिएमएसमा बैंक खाता लिङ्क गर्ने तयारी गरेको छ। नयाँ व्यवस्था अनुसार, लगानीकर्ताको बैंक खातामा पर्याप्त रकम भए मात्र दोस्रो बजारबाट धितोपत्र ९शेयर० खरिद गर्न पाइनेछ।

    मंगलबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमू मा यस विषयमा स्पष्ट उल्लेख गरिएको छ। नीति अनुसार, अब खरिदकर्ताको बैंक खातामा रकम नभएसम्म कारोबार स्वीकृत नहुनेछ।

    यस व्यवस्था लागू भएपछि अहिले जस्तै ब्रोकर कम्पनीबाट उधारोमा कारोबार गर्ने अभ्यास अन्त्य हुने सम्भावना रहेको छ। तथापि, यो नीति कसरी र कहिले लागू हुन्छ भन्नेबारे अझै स्पष्ट जानकारी आउन बाँकी छ। तर, प्राविधिक दृष्टिले हेर्दा, यस्तो प्रणाली लागू भए लगानीकर्तालाई अनुशासित कारोबार गर्न मद्दत पुग्नेछ भने बजारमा पारदर्शिता पनि बढ्ने अपेक्षा गर्न सकिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij