
काठमाडौँ । बंगलादेशी लेखापरीक्षक फर्मलाई नेपालका १० वटा वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षणका लागि छनोट गरिएको छ ।
बंगलादेशको लेखापरीक्षक फर्म हाउल्याडर युनुस एन्ड कम्पनीलाई नेपालका १० वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण गर्न छनोट गरिएको हो ।
राष्ट्र बैंकका अनुसार अब उक्त कम्पनीलाई लेखापरीक्षण गर्न दिनका लागि आवश्यक प्रक्रिया अघि बढाइने छ । लेखापरीक्षण गर्दा कर्जाको गुणस्तर मूल्यांकन र खराब कर्जाको अवस्था परीक्षण गरिने जनाइएको छ । राष्ट्र बैंकका अनुसार हाउल्याडर युनुस एन्ड कम्पनीले कन्सल्टेन्सी कार्यका लागि भ्याटबाहेक ६२ लाख ५४ हजार ९१२ रुपैयाँ र २ लाख ७१ हजार ६ सय ७९ अमेरिकी डलर पाउने जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij