Logo

Oct 19 2025 | २०८२, कात्तिक २गते

Oct 19 2025 | २०८२, कात्तिक २गते

images

दोर्दी खोला जलविद्युत कम्पनीले लिलामीमार्फत बाँडफाँट गर्‍यो ९३ हजार कित्ता हकप्रद शेयर

दोर्दी खोला जलविद्युत कम्पनीले लिलामीमार्फत बाँडफाँट गर्‍यो ९३ हजार कित्ता हकप्रद शेयर

  •  

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले अवितरित ९३ हजार ६२९ कित्ता हकप्रद शेयर लिलामीमार्फत विक्री गरी साउन ७ गते बाँडफाँट गरेको छ। कम्पनीले असार २४ गतेदेखि असार ३२ गतेसम्म लिलामी प्रक्रियामार्फत शेयर विक्री खुला गरेको थियो।

    यसअघि जेठ ११ देखि २० गतेसम्म पहिलो चरणको लिलामीमा वितरण नभएका शेयरहरू दोहोर्‍याएर यसपटक पुनः लिलामीमा ल्याइएका थिए। सानिमा क्यापिटल लिमिटेड विक्री प्रबन्धक रहेको यस लिलामीमा प्रतिकित्ता अन्तिम मूल्य २८३ रुपैयाँ कायम भएको थियो। उक्त मूल्यमा आवेदन दिने लगानीकर्ताहरूलाई सापेक्षिक भार ९प्रो–रेटा० प्रणालीअनुसार समानुपातिक रूपमा बाँडफाँट गरिएको हो। बाँडफाँटमा नपरेको लगानीकर्ताको रकम कम्पनीले साउन ९ गते शुक्रवारदेखि फिर्ता भुक्तानी गर्ने जनाएको छ।

    कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ बराबरको चुक्तापूँजीको आधारमा सोही अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो। बाँकी रहेका शेयरसमेत वितरण भएसँगै दोर्दी खोलाको कुल चुक्तापूँजी अब २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुगेको छ।

    लिलामीमार्फत बाँडफाँट गरिएका यी शेयरहरू असार ७ गतेदेखि नेप्सेमा कारोबार योग्य भइसकेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij