Logo

Aug 24 2025 | २०८२, भदौ ८गते

Aug 24 2025 | २०८२, भदौ ८गते

images

चीनको सीमा नजिक रुसी यात्रुवाहक विमान दुर्घटना , सवार ४९ जनाको मृत्यु

चीनको सीमा नजिक रुसी यात्रुवाहक विमान दुर्घटना , सवार ४९ जनाको मृत्यु

  • काठमाडौँ ।रूसको  एक यात्रुवाहक विमान चीनको सीमा नजिक दुर्घटना भएको छ । सो विमान दुर्घटनामा सवार  ४९ जनाको मृत्त्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । विमानमा  ४३ यात्री ६ जना विमानका सदस्य रहेको छ । यात्रुहरूसँग ५ बालबालिका सामेल रहेका थिए ।
    उद्धारकर्मीहरूले  टिण्डाबाट करिब  १६ किलोमीटर टाढा एक पहाडमा  रूसी यात्रुवाहक विमानका भग्नावेश फेला परेको जनाइएको छ ।रोयटर्सका अनुसार यो  विमान रूसको  पूर्वी अमूर क्षेत्रमा उडिरहेको थियो । अमूरका  गभर्नर वासिली ओरलोवले  टेलिग्राामा सम्पर्कविहीन भएको विमान अंगारा एयरलान्सको रहेको जनाएका छन् ।
    विमान खाबरोवस्क, ब्लागोवेशचेंस्क भएर टिण्डा गइरहेको उक्त विमान चीनको सीमा नजिकबाट हराएको थियो । टिण्डा पुग्न अघि विमान सम्पर्कविहीन हुन पुगेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij