काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘मानव बेचविखन तथा ओसारपसार ९नियन्त्रण० ९पहिलो संशोधन० विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मत्तिले स्वीकृत गरेको छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
विधेयकका सम्बन्धमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिनुहँुदै मन्त्री सुडीले विधेयक महत्वपूर्ण रहेको र यसमा आवश्यक सुधार भए समेटेर अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसदहरु वासुदेव घिमिरे, दामोदार पौडेल वैरागी, नागिना यादव, बिजुला रायमाझी, सराज अहमद फारुकी, जनार्दन शर्मा, विमला सुवेदी, प्रतिक्षा तिवारी, भगवती चौधरी, ठाकुर गैरे, रामप्रकाश चौधरी, नारायणी शर्मा, सुशीला सिर्पाली ठकुरी, प्रेम सुवाल, हर्कमाया विश्वकर्मा, रणकुमारी बलम्पाकी मगर, रुपा सोशी ९चौधरी०, रमा कोइराला पौडेल, जावेदा खातुन जागा र रणेन्द्र बराली सहभागी हुनुभयो ।
आजको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
यसअघि बैठकमा सभामुखको आसनबाट सांसद दुर्गा राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही साउन ९ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।