Logo

Aug 01 2025 | २०८२, साउन १६गते

Aug 01 2025 | २०८२, साउन १६गते

images

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान द्वारा गरिएका एक वर्षका कार्यहरू सार्वजनिक

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान द्वारा गरिएका एक वर्षका कार्यहरू सार्वजनिक

  • काठमाडौँ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले एक वर्षमा गरेका कार्यहरूबारे जानकारी सार्वजनिक गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकता अनुरुप दक्ष, प्रतिस्पर्धी, सीपयुक्त तथा उद्यमशिल जनशक्ति उत्पादन गर्ने उदेश्यले विभिन्न प्रशिक्षण कार्यक्रम संचालन र व्यवस्थापन गर्ने तथा गराउने उद्देश्यले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन गरिएको हो ।

    a2.jpeg

    प्रतिष्ठानले एक विज्ञप्ति सार्वजनिक गरी आर्थिक वर्ष २०८१।८२ मा भएका मुख्य मुख्य कार्यहरुबारे जानकारी गराएको हो ।पत्रकार सम्मेलनमा  राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देश रमेश बखतीले प्रतिष्ठानको विषयमा जानकारी गराएका थिए । उनले जानकारी दिँदै भने पत्रकार सम्मेलनमा मुख्य नीतिगत निर्णयहरू देहाय बमोजिम रहेको बताए ।

    1. मुख्य नीतिगत निर्णयहरु
    • प्रतिष्ठानको नियमावली समितिबाट स्वीकृति भई मन्त्रालयमा पेश गरिएको।
    • कार्यस्थलमा आधारित तालिम संचालन कार्यविधि समितिबाट स्वीकृत भई मन्त्रालयमा पेश गरिएको।
    • SDC को सहयोगमा प्रतिष्ठानको ५ वर्षे रणनीतिक योजना तयार गरिएको।
    • आन्तरिक रोजगारी व्यवस्थापनका लागि सीप विकास गर्न ९ वटा रोजगारदाता संघ/महासंघहरुसंग समझदारीपत्रमा हस्ताक्षर गरिएको।
    • सीपको अन्तर्राष्ट्रिय प्रमाणीकरणका लागि ४ वटा संस्थासंग MoU गरिएको ।
    • प्रतिष्ठान र केन्द्रहरु (इटहरी वलवा र बुटवल) को संगठन र व्यवस्थापन सर्वे गरी समितिबाट मन्त्रालयमा सिफारिस भएको।
    • पाठ्यक्रम निर्माणको कार्यविधिको मस्यौदा तयार गरी समिति समक्ष पेश गर्ने तयारी भएको।
    • सीप परिक्षण र प्रमाणिकरण बिनियमावलीको मस्यौदा तयार गरी समिति समक्ष पेश गर्ने तयारी भएको।

    यसैगरी प्रतिष्ठानकी निर्देशक बिन्दा आचार्यले प्रतिष्ठानबारे जानकारी गराउँदै  मुख्य कार्यप्रगतिहरू देहाय बमोजिमको रहेको बताइन् 

    • मुख्य कार्य प्रगतिहरु
    • रोजगारदाता संघमहासंघको नेतृत्वमा श्रमबजारको माग अनुरुप १९ वटा सीपमूलक तालिमको पाठ्यक्रम निर्माण गरी स्वीकृत भएको।
    • सीप र रोजगारी क्षेत्रमा कार्यरत कर्मचारी, प्रशिक्षक तथा जनशक्ति ७७ जनालार्इ सामान्य, उद्यमशिलता, अनुगमन तथा मूल्याङ्कन विषयमा प्रशिक्षक प्रशिक्षण प्रदान गरिएको।
    • प्रतिष्ठान र केन्द्रबाट ५३०० जनालार्इ बिभिन्न विषयमा सीपमूलक तथा सीप अभिबृद्धि तालिम प्रदान।
    • प्रतिष्ठान र केन्द्रबाट तालिम सम्पन्न गरेका ३४९ जनाको सीप परिक्षण गरिएको।
    • प्रतिष्ठानबाट सीपमूलक तालिम लिएका प्रशिक्षार्थीहरुलार्इ IEDI संगको सहकार्यमा १४८ जना (महिला १०८ र पुरुष ४०)लार्इ उद्यमशिलता तालिम प्रदान गरिएको।
    • श्रम बजारको माग अनुरुप तालिम आवश्यकता पहिचान गर्न TU (CEDA) सँग सम्झौता गरी प्रतिवेदन प्राप्त भएको र अन्तिम रुप दिन आवश्यक सुझाव प्रदान गर्न समीक्षा भईरहेको ।
    • प्रतिष्ठान र केन्द्रबाट प्रदान गरिएको सीपमूलक तालिमको प्रभावकारिता अध्ययन गर्न TU (CERID) सँग सम्झौता गरी अध्ययन प्रतिवेदन प्राप्त भई अन्तिम रुप दिन आवश्यक सुझाव प्रदान गर्न समीक्षा भईरहेको।
    • दक्षिण कोरिया, इजराइल र वेलायतमा जाने G2G सम्झौता अनुसार ८३२२ जना लार्इ पूर्व प्रस्थान अभिमुखिकरण प्रदान गरिएको।

    सम्मेलनमा जारी विज्ञप्तिमा आगामी कार्यक्रम देहाय बमोजिम खुलाइएको छ ।

    1. आगामी आर्थिक वर्षमा कार्यान्वयन गरिने प्रमुख आयोजना तथा क्रियाकलापहरु
    • श्रम बजारको माग अनुरुप राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा माग भएको १९ वटा पाठ्यक्रम निर्माण गर्ने।
    • आन्तरिक रोजगारी सिर्जना गर्न १० वटा रोजगारदातासँग गरिएको समझदारी अनुरुप रोजगारदातासँगको सहकार्य र साझेदारीमा ८६० जनालार्इ कार्यस्थलमा आधारित तालिम र सो पश्चात रोजगारीको सुनिश्चितता प्रदान गर्ने।
    • बिभिन्न बेरोजगार युवाहरुलार्इ ९८० जनालार्इ आधारभूत तथा सीप अभिबृद्धि तालिम प्रदान गरी सीप परिक्षण गर्ने ।
    • परम्परागत सीप तथा पेशा अपनाएका ५०० जनालार्इ उद्यमशिलता तालिम प्रदान गरी स्वरोजगार बन्न सहयोग गर्ने।
    • महोत्तरीको वलवामा आधुनिक ल्याव सहितको आवासीय सीप तालिम केन्द्र स्थापना गर्न १ विघा १५ कठ्ठा जग्गा प्राप्त भैसकेको र रु. १३ करोड २७ लाख रुपैया अनुदानबाट भवन निर्माणको कार्य थालनी गर्ने।
    • आगामी वर्ष प्रतिष्ठान र केन्द्रबाट ५७६० जनालार्इ सीपमूलक र सीप अभिबृद्धि तालिम प्रदान गर्ने।
    • सीपमूलक तालिम लिएका प्रशिक्षार्थीहरु २५०० जनाको सीप परिक्षण गर्ने।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij