Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

मधेस प्रदेशमा तत्काल ५०० ‘डिप बोरिङ’ जडान गरिने : प्रधानमन्त्री ओली

मधेस प्रदेशमा तत्काल ५०० ‘डिप बोरिङ’ जडान गरिने : प्रधानमन्त्री ओली

  • जलेश्वर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल ५०० ‘डिप बोरिङ’ जडान गरिने घोषणा गर्नुभएको छ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमाथिको पुल र वडा नं ६ मा निर्मित प्रसूति गृहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले पानी नपरेर सिँचाइ र खानेपानीको सङ्कट झेलिरहेको मधेस प्रदेशमा तत्कालै ५०० वटा डिप बोरिङ जडान गरिने बताउनुभयो । हवाई उडानमार्फत यहाँ आउँदै गर्दा अधिकांश जमिन सुक्खा देखिएको उल्लेख गर्दै उहाँले मधेस प्रदेशका आठवटै जिल्लामा सिँचाइको व्यवस्थासहित खानेपानीको व्यवस्था गर्न सरोकार भएका पक्षसँग छलफल तथा समन्वय गरी यथाशक्य छिटो समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सम्बोधनका क्रममा उहाँले मधेस प्रदेशको पूर्वी भागमा रहेको सप्तरी जिल्ला कोशी नदीसँग जोडिएकाले त्यहाँ कम समस्या रहेको चर्चा गर्दै बाँकी सातवटै जिल्लामा पानीको समस्या समाधान गर्नका लागि सरकार जुटिसकेको छ भन्नुभयो । प्रधानमन्त्री ओलीले मधेस प्रदेशलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेका सन्दर्भमा यस क्षेत्रका किसानसहित पानीको अभावका कारण प्रत्यक्ष रुपमा प्रभावित जनताका पक्षमा विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । यसैगरी, प्रधानमन्त्री ओलीले शिक्षाविना चेतना र विकास असम्भव हुने प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो, “जहाँ शिक्षा छ त्यहाँ चेतनासहितको विकास छ, जहाँ शिक्षा छैन त्यहाँ गरिबी र अभाव छ । आफ्ना छोराछोरीलाई भेदभाव नगरिकन विद्यालय पठाउन स्थानीय बासिन्दासमक्ष अनुरोध छ ।” उहाँले गरिबी निवारणसहित परिवार, समाज र देश विकासमा शिक्षा आवश्यक रहेको उल्लेख गर्दै शिक्षालाई प्राथमिकता दिन पनि अनुरोध गर्नुभयो । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij