Logo

Jul 27 2025 | २०८२, साउन ११गते

Jul 27 2025 | २०८२, साउन ११गते

images

राजस्व अनुसन्धान  कार्यालय पथलैयाद्वारा पौने बाह्र करोड बढी राजस्व चुहावट धरौटी रकम संकलन

राजस्व अनुसन्धान  कार्यालय पथलैयाद्वारा पौने बाह्र करोड बढी राजस्व चुहावट धरौटी रकम संकलन

  • काठमाडौँ । राजस्व अनुसन्धान कार्यालय पथलैयाले गत आवमा पौने बाह्र करोड बढी राजस्व चुहावट धरौटी रकम संकलन गरेको जनाएको छ ।राजस्व अनुसन्धान कार्यालय पथलैयाले सार्वजनिक गरेको कार्यप्रगति विवरणमा यस्तो जानकारी दिएको हो ।

    कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार कार्यालयले दर्ता हुन आएका सूचना/उजुरी फर्स्यौटलाई उच्च प्राथमिकतामा राखेको छ । अघिल्लो आ.व. मा 58.32 प्रतिशत सूचना/उजुरी फर्स्यौट भएकोमा यस आ.व. मा 93.49 प्रतिशत उजुरी फर्स्यौट भएका छन् र बाँकी उजुरी समेत फर्स्यौटको क्रममा रहेका छन् ।

    राजस्व अनुसन्धान कार्यालय, पथलैया, ले आ.व. 2081/082 मा राजस्व चुहावट र विदेशी बिनिमय गरी 28 वटा मुद्दा दर्ता गरेको छ ।

    धरौटीलाई निष्कृय रुपमा राख्नुभन्दा यसलाई राजस्व खातामा सदरस्याहा गर्दा यसको औचित्य सिद्द हुने भएकाले कार्यालयले धरौटी सदरस्याहालाई पनि प्राथमिकतामा राखी काम गरेको छ । अघिल्लो आ.व. मा रु. 20434695.77 (अक्षेरुपी दुई करोड चार लाख चौँतीस हजार छ सय पन्चानब्बे रुपियाँ सतहत्तर पैसा) धरौटी सदरस्याहा भएकोमा यस आ.व. मा रु. 66110735.63(अक्षेरुपी छ करोड एघार लाख सात सय पैतीस रुपिया त्रिसट्ठी पैसा) सदरस्याहा भएको छ जुन अघिल्लो आ.व. को तुलनामा २२३.५२ प्रतिशतले बढी हो ।

    कार्यलयले अघिल्लो आ.व. मा रु. 61135875.70 (छ करोड एघार लाख पैँतीस हजार आठ सय पचहत्तर रुपियाँ सत्तरी पैसा) राजस्व चुहावट धरौटी संकलन गरेकोमा यस आ.व. मा रु. 117685001.40(अक्षेरुपी एघार करोड छहत्तर लाख पचासी हजार एक रुपियाँ चालिस पैसा) राजस्व चुहावट धरौटी रकम संकलन गरेको छ जुन अघिल्लो आ.व. को तुलनामा 92.50 प्रतिशतले बढी हो । यद्यपि यो राजस्व संकलन गर्ने निकाय नभएका कारण यस कार्यलयले गर्ने कामको प्रभाव अन्य निकायको राजस्व संकलनमा देखिने गर्दछ ।

    • अघिल्लो आ.व. मा तीनवटा राजस्व चुहावटको मुद्दा दर्ता भएकोमा यस आ.व. मा 14 वटा राजस्व चुहावटको मुद्दा दर्ता भएको छ जुन अघिल्लो आ.व. को तुलनामा 366.67 प्रतिशतले बढी हो ।
    • अघिल्लो आ.व. मा राजस्व चुहावट मुद्दा मागदाबी रकम रु. 45411298(अक्षेरुपी चार करोड चवन्न लाख एघार हजार दुई सय अन्ठानब्बे ) रहेकोमा यस आ.व. को राजस्व चुहावट मुद्दाको मागदाबी रकम रु. 763536300.64 (अक्षेरुपी छहत्तर करोड पैतीस लाख छत्तीस हजार तीन सय रुपियाँ चौँसट्ठी पैसा) रहेको छ जुन अघिल्लो आ.व. को तुलनामा १५८१.३८ प्रतिशतले बढी हो ।
    • कार्यलयले लिलाम बिक्रीमा उल्लेख्य प्रगति हासिल गरेको छ । आ.व.20८०/८१ मा ८४८६८५९.३७(चौरासी लाख छयासी हजार आठ सय उन्साठ्ठी रुपिया सैँतीस पैसा मात्र) बराबरको लिलाम विक्री भएकोमा आ.व. 20८१/८२ मा ५४९१८६२६(पाच करोड उनान्पचास लाख अठार हजार छ सय छब्बीस रुपिया मात्र) बराबरको लिलाम विक्री भएको छ जुन ५४७.१० प्रतिशतले बढी रहेको छ ।
    • आ.व. 20८०/८१ मा  रु. ९८१५०००(अन्ठानव्वे लाख पन्ध्र हजार  रुपिया मात्र) VCTS जरिवाना वापत दाखिला भएको थियो भने   आ.व. 20८१/८२  मा रु. ९९९८०००(उनान्सय  लाख अन्ठानव्वे  हजार  रुपिया मात्र)  दाखिला भएको छ जुन १.८६ प्रतिशतले बढी रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij