Logo

Aug 02 2025 | २०८२, साउन १७गते

Aug 02 2025 | २०८२, साउन १७गते

images

चीनद्वारा रसुवा नाकाको मितेरी पुलको स्थानमा बेलिब्रिज निर्माण सुरु

चीनद्वारा रसुवा नाकाको मितेरी पुलको स्थानमा बेलिब्रिज निर्माण सुरु

  • काठमाडौँ । चीनले बाढीमा बगेको रसुवागढी नाकाको मितेरी पुलको  स्थानमा आजबाट बेलिब्रिज निर्माण सुरु गर्ने भएको छ ।सरकार र चीनबीच भएको समझदारी अनुसार चिनियाँ पक्षले बेलिब्रिज निर्माण सुरु गर्न लागेको हो ।रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए अनुसार  चीनले आगामी भदौ ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्ने छ ।

    सीमा नाकामा अवरुद्ध सडक सम्पर्क शीघ्र सुचारु गर्न अस्थायी रूपमा बेलिब्रिज निर्माणका लागि शनिबार रसुवाका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले निर्माणस्थलको अवलोकन ग¥यो ।  गत असार २३ गते राति  भोटेकोशी नदीमा आएको बाढीले  रसुवागढीस्थित नेपाल चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा भत्काइ दिएको थियो। मितेरी पुल बगेपछि  सीमा नाकाबाट हुने नेपाल चीन सडक सम्पर्क टुटेको छ ।

    शनिबार नै रसुवा र चीनका स्थानीय अधिकारी बीचमा निर्माणस्थलबाटै भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकको क्रममा विपदको समयमा भएका उपद्वार, राहत एवम् विपदपश्चातको पुनर्निर्माण र पुनस्र्थापनाका विषयमा विस्तृत रूपमा द्विपक्षीय छलफल भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।प्रस्तावित बेलिब्रिजको यथाशीघ्र निर्माण सम्पन्न गर्नका लागि स्थानीय प्रशासनबाट उपयुक्त वातावरण निर्माण गर्न आवश्यक समन्वय, सहकार्य र सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

    नेपाली बजारमा चीनतर्फबा हुने आयातको ठुलो हिस्सा रसुवा नाकाबाट हुँदै आएकोमा यसले व्यवसायी र उपभोक्ता दुवैलाई समस्या पर्ने भएको हो । आगामी समयमा दशैँ आउन लागेको छ । दशैँ नेपाली उद्योगी व्यवसायीका लागि वर्ष भरिकै ठुलो व्यापारको मौसम भएकाले यो बाटो बन्द भए बजारमा असर पर्ने भएकोले यसलाई अस्थायीरूपमा भएपनि खुलाउन पहल गरिएको हो । हाल चीनतर्फ रोकिएका सामानलाई तातोपानी नाकाबाट भित्र्याउने प्रयास गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij