Logo

Oct 22 2025 | २०८२, कात्तिक ५गते

Oct 22 2025 | २०८२, कात्तिक ५गते

images

नयाँ बैंकको लाइसेन्स बाँड्ने समय अहिले नरहेको डेपुटी गभर्नर ढुंगानाको भनाइ

नयाँ बैंकको लाइसेन्स बाँड्ने समय अहिले नरहेको डेपुटी गभर्नर ढुंगानाको भनाइ

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर नीलम ढुङ्गानाले आगामी दिनमा बैंकिङ क्षेत्रलाई थप प्रविधिमैत्री र पारदर्शी बनाउँदै जानुपर्ने आवश्यकता औंल्याएकी छन् । आर्थिक मिडिया एसोसिएसन नेपाल (इमान)द्वारा आइतबार यहाँ आयोजित ‘इमान संवादः फ्युचर अफ बैंकिङ’  विषयक छलफलमा उनले यस्तो बताएकी हुन् ।

    बैंकिङ क्षेत्रलाई आधुनिक प्रविधिमैत्री, पारदर्शी र जनता केन्द्रित बनाउँदै सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिँदै  उनले भनिन्  , ‘डिजिटल वित्तीय सेवाको द्रुत विकास र ग्राहकमैत्री प्रणालीको विकासले बैंकिङ क्षेत्रको भविष्य निर्धारण गर्नेछ ।’

    डेपुटी गभर्नर ढुंगानाले नयाँ बैंकको लाइसेन्स अहिले नै बाँड्न सक्ने अवस्था नरहेको प्रष्ट पार्दै  नयाँ बैंक स्थापनाबारे चर्चा भएपनि अहिले नै लाइसेन्स बाँड्नसक्ने स्थिति नरहेको बताएकी हुन् ।

    ढुंगानाकाअनुसार बैंकहरुमा अस्वस्थ प्रतिस्पर्धा भयो भन्न थालेको अहिले  भएको  छैन् ।  कतिपय बैंकहरुमा समस्या भएका कारण अरुमा मर्ज गरिएको धेरै भएको छैन । मर्ज गर्ने स्थिति आएर मर्ज गर्नुपर्‍यो । कतिवटा बैंकहरु उपयुक्त हुन्छ भन्ने सन्दर्भमा राष्ट्र बैंकले अध्ययन समेत गरेको थियो ।

    २ वर्षअघि एउटा अध्ययन गरेर बैंकहरुको संख्या निर्धारण गर्ने अहिले त्यसैलाई मिचेर नयाँ लाइसेन्स दिने कुरा सम्भव नहुने बताउँदै   ढुंगानाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीति नियमन तथा आवश्यक अन्य प्रावधानमार्फत बैंकिङ क्षेत्रमा स्थायित्व कायम राख्न निरन्तरण प्रयासरत रहेको र   बैंंक तथा वित्तीय संस्थाहरुको वर्तमान स्थिति र परिदृश्यलाई नेपाल राष्ट्र बैंकले राम्रोसँग निहालिरहेको बताइन्

    बैंकिङ प्रणालीमा भएको विस्तार र आधुनिकीकरण, वित्तीय पहुँचमा भएको विस्तार, भुक्तानी प्रणालीमा भएको आधुनिकीकरण, वित्तीय सेवाको विविधिकरण र गुणस्तरमा सुधार र स्वतन्त्र पुँजी वृद्धिको प्रभावकारी कार्यान्वयनमार्फत समग्र आर्थिक स्थायित्व कायम गर्दै आउनु उपलव्धिका विषयहरु रहेको उनले बताइन् ।

    कोभिड र त्यसपश्यात विश्व अर्थतन्त्रमा देखा परेका विभिन्न असरहरुका कारण केही वर्षयता अर्थतन्त्रले अपेक्षित गती लिन नसकेको बताउँदै अर्थतन्त्रका सूचकहरु गत वर्ष संकुचनमा रहेपनि अहिले भने विस्तारै सुधारोन्मुख रहेको डेपुटी गभर्नर ढुंगाना को भनाइ छ ।मौजुदा बजेटमा नयाँ बैंकको लाइसेन्स दिने विषय समेटिएपछि बाहिर लाइसेन्स दिइने चर्चा चलेको देखिएको हो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij