Logo

Oct 18 2025 | २०८२, कात्तिक १गते

Oct 18 2025 | २०८२, कात्तिक १गते

images

इन्फिनिटी लघुवित्तको नाफा १०४% ले वृद्धि, वितरणयोग्य नाफा ८ करोड नाघ्यो

इन्फिनिटी लघुवित्तको नाफा १०४% ले वृद्धि, वितरणयोग्य नाफा ८ करोड नाघ्यो

  •  

    काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म उत्कृष्ट वित्तीय प्रदर्शन गर्दै ९ करोड ३७ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। अघिल्लो वर्षको समान अवधिमा ४ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्ष १०४.७१ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको हो।

    कम्पनीको कुल सञ्चालन आम्दानी झण्डै ४१ प्रतिशतले बढेको हुँदा नाफामा सकारात्मक असर परेको विश्लेषण गरिएको छ। यद्यपि, इम्पेयरमेन्ट चार्जमा भने वृद्धि देखिएको छ। अघिल्लो वर्ष २ करोड ९० लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज चालू आर्थिक वर्षमा बढेर ४ करोड २० लाख रुपैयाँ नाघेको छ।

    नाफाको वृद्धिसँगै कम्पनीको वितरणयोग्य नाफा पनि उल्लेखनीय रूपमा सुधार भएको छ। गत वर्ष ऋणात्मक ४९ लाख रुपैयाँ रहेको वितरणयोग्य नाफा यस वर्ष ८ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

    इन्फिनिटी लघुवित्तको हालको चुक्तापूँजी ४९ करोड ७४ लाख रुपैयाँभन्दा बढी रहेको छ भने जगेडा कोष २० करोड १७ लाख रुपैयाँभन्दा माथि पुगेको छ। कम्पनीले यस अवधिसम्म १ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ३ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी कर्जा लिएको छ। कर्जा प्रवाह ५ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

    निष्क्रिय कर्जाको अनुपात अघिल्लो वर्षको १०।१९ प्रतिशतबाट घटेर ७।४३ प्रतिशतमा झरेको छ, जसले जोखिम व्यवस्थापनमा सुधार भएको देखाउँछ। कम्पनीको प्रतिशेयर आम्दानी  १८ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ६५ पैसा कायम छ, जसले संस्थाको वित्तीय सबलता प्रस्ट पार्दछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij