Logo

Oct 17 2025 | २०८२, असोज ३१गते

Oct 17 2025 | २०८२, असोज ३१गते

images

एमबीएल इक्विटी फण्डको प्रतिफलमा सुधार : असारमा ५ करोडभन्दा बढी नाफा

एमबीएल इक्विटी फण्डको प्रतिफलमा सुधार : असारमा ५ करोडभन्दा बढी नाफा

  •  

    काठमाडौं — एमबीएल सामूहिक लगानीकोषअन्तर्गत सञ्चालित एमबीएल इक्विटी फण्डले असार महिनामा उल्लेखनीय प्रगति गरेको छ। जेठ मसान्तसम्म ९ रुपैयाँ ९९ पैसा रहेको फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य असार मसान्तसम्ममा बढेर १० रुपैयाँ ४४ पैसा पुगेको हो।

    २०८१ साल चैत १४ गतेदेखि सञ्चालनमा आएको यो १२ वर्षे बन्दमुखी योजना हो, जसअन्तर्गत १२ करोड १६ लाख २५ हजार ३३० इकाई जारी गरिएको छ।

    असार महिनामा फण्डले ६ करोड ६१ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै ५ करोड ३२ लाख रुपैयाँभन्दा बढी नाफा कमाउन सफल भएको छ। यो सुधार विशेषगरी धितोपत्रमा गरिएको लगानीको प्रतिफलबाट आएको हो। जेठ मसान्तसम्म योजना ११ लाख ६३ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो, जुन असारमा सुधार हुँदै उल्लेखनीय नाफामा परिणत भएको हो।

    फण्डले हालसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य ९ब्रोकर कमिसनसहित० ८६ करोड १७ लाख रुपैयाँभन्दा बढी रहेको छ। त्यस्तै, कुल लगानीको बजार मूल्य १ अर्ब ३ करोड रुपैयाँभन्दा बढी पुगेको छ, जसमा १२ करोड रुपैयाँ बैंकको मुद्दती निक्षेपमा राखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij