Logo

Aug 22 2025 | २०८२, भदौ ६गते

Aug 22 2025 | २०८२, भदौ ६गते

images

सामाजिक सुरक्षा कोषलाई सुरक्षा कोषकै रुपमा बुझ्न आग्रह

सामाजिक सुरक्षा कोषलाई सुरक्षा कोषकै रुपमा बुझ्न आग्रह

  • काठमाडौँ  । महान्याधिवक्ता रमेश बडालले सामाजिक सुरक्षा कोषमा आबद्धताले योगदानकर्तालाई धनी बनाउन नभएको बताएका छन् ।  सामाजिक सुरक्षा कोषले आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषमा बृहत आबद्धता अभियानको लागि सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएसनबीच सम्झौतामा हस्ताक्षर कार्यक्रम’ मा सम्बोधन गर्दै महान्यायाधिवक्ता बडालले यस्तो बताएका हुन् । सामाजिक सुरक्षा कोषमा गरेको योगदान बैंकमा जम्मा गरेको रकम वा सेयरमा गरेको लगानी जस्तो नभएको बताउँदै उनले यसबाट रकम निकालेर कहीँ  घरजग्गा वा अन्य व्यवसायमा लगानी गर्न नपाइने बताए । सामाजिक सुरक्षा कोषमा गरेको लगानीले कसैलाई धनी पनि नबनाउने र रोग र भोकले मर्न पनि नदिने उनले प्रष्ट्याए ।

    उनले योगदानकर्तालाई भने, ‘कतिपय सन्दर्र्भमा साथीहरूको प्रश्न उठ्छ ल, यो त सेभिङ फण्ड हो कि त । मैले राखेको पैसा मैले रिटर्न पाउनुपर्छ  भन्ने छ । ‘सोसियल सेक्युरिटी फण्ड’ ले कसैलाई धनी बनाउन खोज्दैन । र यसले कसैलाई पनि भोक र रोगको कारणले मर्न दिँदैन । बैंकमा राखेको पैसा निकाले म घरजग्गा किन्छु भनेजस्तो सोसियल सेक्युरिटीमा गरेको कन्ट्रिब्युसन निकालेर म घरजग्गा किन्छु र स्वाट्टै यसको भाउ बढ्ला ।’

    महान्यायाधिवक्ता बडालले सामाजिक सुरक्षा कोषलाई सामाजिक सुरक्षाकै लिनपर्ने बताए । उनका अनुसार कानुन व्यवसायीहरूले यसलाई  बचत वा लगानीको रुपमा हेर्न हुँदैन् । नेपाल बार एशोसिएशन र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएसँगै बारमा आवद्ध कानून व्यवसायीहरू सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।  बच्चा जन्मेदेखि हुने जोखिम र दुर्घटना वा अशक्तताको अवस्थामा सामाजिक सुरक्षा कोषले मद्दत गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij