Logo

Oct 17 2025 | २०८२, असोज ३१गते

Oct 17 2025 | २०८२, असोज ३१गते

images

विकास हाइड्रोपावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

विकास हाइड्रोपावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

  •  

    काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई आफ्नो शेयर रजिष्ट्रारको रूपमा नियुक्त गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै धितोपत्रसम्बन्धी सम्पूर्ण अभिलेख व्यवस्थापनका लागि प्रभु क्यापिटलसँग सहकार्य गर्ने जानकारी दिएको हो।

    अबदेखि प्रभु क्यापिटलले विकास हाइड्रोपावरका शेयरधनीहरूको अभिलेख अद्यावधिक गर्ने, शेयर अभौतिकीकरण, नामसारी प्रक्रिया, शेयर प्रमाणपत्र वितरणजस्ता कार्यहरू संचालन गर्नेछ।

    कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरी असार २९ गते बाँडफाँट गरिसकेको छ। सो आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका पनि प्रभु क्यापिटलले नै निर्वाह गरेको थियो। अब उक्त कम्पनीले शेयर रजिष्ट्रारको रूपमा पनि जिम्मेवारी सम्हाल्ने भएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij