Logo

Aug 21 2025 | २०८२, भदौ ५गते

Aug 21 2025 | २०८२, भदौ ५गते

images

हिमालयन बैंकको एफपीओ साउन १३ गते बाँडफाँट हुने

हिमालयन बैंकको एफपीओ साउन १३ गते बाँडफाँट हुने

  •  

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) साउन १३ गते, मंगलवार बिहान ९ बजे बाँडफाँट हुने भएको छ। विक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडका अनुसार एफपीओ बाँडफाँट कार्यक्रम तय भइसकेको हो।

    कम्पनीले असार ३२ गतेदेखि साउन ४ गतेसम्म कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सार्वजनिक रुपमा निष्कासन गरेको थियो। प्रतिकित्ता मूल्य १५७ रुपैयाँ ९अर्थात प्रिमियमसहित० तोकिएको यस एफपीओमा सीडीएस एण्ड क्लियरिङ लिमिटेड ९सीडीएससी० का अनुसार १७ लाख ८६ हजार ७८२ जनाबाट आवेदन परेको थियो।

    एफपीओका लागि कुल ४ करोड ९ लाख ६६ हजार ५०० कित्ताको माग परेकाले मागभन्दा करिब साढे चार गुणा बढी आवेदन परेको हो। मागअनुसार भाग्यशाली ९ लाख २५ हजार ४६ जना आवेदकले मात्रै शेयर प्राप्त गर्नेछन्। तीमध्ये ९ जनालाई ११ कित्ताका दरले र बाँकी सबैलाई १० कित्ताका दरले शेयर वितरण हुनेछ।

    एफपीओ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार कम्पनीले कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सर्वसाधारणलाई छुट्याउनु पर्ने कानूनी व्यवस्थाअनुसार ल्याइएको हो।

    हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ। एफपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ पुग्नेछ। कम्पनीको अधिकृत पूँजी २६ अर्ब रुपैयाँ छ भने हाल संस्थापक शेयरधनीको हिस्सा ७२.९९% र सर्वसाधारणको हिस्सा २७.०१% रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij