Logo

Jul 30 2025 | २०८२, साउन १४गते

Jul 30 2025 | २०८२, साउन १४गते

images

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनद्वारा बीपी राजमार्गको बाटो खोल्न काम गरेका कर्मचारी सम्मानित

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनद्वारा बीपी राजमार्गको बाटो खोल्न काम गरेका कर्मचारी सम्मानित

  • काठमाडौँ । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमिति द्वारा आयोजित डायरी विमोचन, स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्रभावकारी जनसेवा र पेशागत अधिकार सुनिश्चितताको लागि नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन सुशासन, समृद्धि र नेपाली विशेषताको समाजवाद निर्माण अभियानमा कर्मचारी परिचालनमा बल पु¥याउन एक कार्यक्रमको आयोजना गरेको  हो ।

    kn.jpg

    संगठनले सो कार्यक्रम पूर्वमन्त्री रेखा शर्माको प्रमुख आतिथ्यता, मणिरत्न श्रेष्ठको  विशेष आतिथ्यता  केन्द्रीय अध्यक्ष अम्बा दत्त भट्ट,  उपाध्यक्ष यशोदा आचार्य ,   विष्णुप्रसाद खनालको अध्यक्षतामा सम्पन्न  गरेको हो । २०८१–असोज ११÷ १२ गते गएको बाढीले बगाएका बाटो खोल्न दिनरात खट्ने कर्मचारीलाई सो कार्यक्रममा सम्मान गरियो । उक्त कार्यक्रममा दुर्गा प्रसाद  र पारसमणि हमाललाई सम्मान गरियो । साथै उक्त कार्यक्रममा सेवानिवृत कर्मचारीहरूलाई प्रमाणपत्र , दोसल्ला र मायाको चिनो दिएर सम्मान गरिएको थियो । 

    kb.jpg

    उक्त कार्यक्रमको सञ्चालन ईन्जिनियर , नवराज विकले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रेखा शर्माले मूल्यांकनमा काम गर्ने नगर्ने कर्मचारीको एउटै मूल्यांकन हुने गरेको बताइन् । आगामी दिनमा यस खालको मूल्यांकन विधिमा सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले बताइन् । सरकारी कर्मचारीहरू कुर्सीमा बसेर मात्र नभइ देशको विकासका लागि दत्तचित भइ लाग्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले कर्मचारीहरूसँग आग्रह गरिन् । संगठनमा प्रवेश गर्ने नयाँ कर्मचारी, सेवा निवृत कर्मचारीलाई स्वागत र सम्मान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij