Logo

Aug 22 2025 | २०८२, भदौ ६गते

Aug 22 2025 | २०८२, भदौ ६गते

images

कर्णाली डेभलपमेन्ट बैंक विरुद्ध मुद्दा दर्ता हुँदै , एकसय एघार जनालाई प्रतिवादी बनाइने

कर्णाली डेभलपमेन्ट बैंक विरुद्ध मुद्दा दर्ता हुँदै , एकसय एघार जनालाई प्रतिवादी बनाइने

  • काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड विरुद्ध मुद्दा दायर गर्ने तयारी पूरा भएको छ ।जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडसम्बन्धी बुझाएको प्रतिवेदनको अध्ययन सकेर मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।जिल्ला सरकारी वकिल कार्यालय बाँकेका सहायक जिल्ला न्यायाधिवक्ता गोविन्द बहादुर शाहीले जानकारी सार्वजनिक गरे अनुसार प्रतिवेदनको अध्ययन सकिएको र आजभोलिमा मुद्दा दायर गरिनेछ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान अनुसार बैंकमा सवा तीन अर्ब जतिको बैंकिङ कसुर भएको छ । नेपाल राष्ट्र बैंकले यो बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेपछि सीआईबीले यसको अनुसन्धान गरेर प्रतिवेदन बुझाएको छ।

    सीआईबीका एसएसपी होबिन्द्र बोगटीले जानकारी सार्वजनिक गरे अनुसार बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढेको छ । १११ जना प्रतिवादी बनाइएका मध्य ४ जना पक्राउ परेका छन् भने ३ जनाको मृत्यु भइसकेको छ । बाँकी १०४ जना फरार रहेको र उनीहरू विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । अनुसन्धान प्रतिवेदन अनुसार बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्व अध्यक्ष पशुपति दयाल मिश्र र लेखा प्रमुख वेद प्रकाश सिंह ठकुरीसमेत पक्राउ परेका छन् । अनुसन्धानमा बैंकका सञ्चालक, उच्च व्यवस्थापन र अन्य कर्मचारीको योजनामा मिलोमतो ठगी र कर्जा अपचलनका विभिन्न तरिका अपनाइएको जनाइएको छ ।

    यसैगरी नेपाल राष्ट्र बैंकका तत्कालीन कार्यकारी निर्देशक भुवन बस्नेतको खातामा कर्णाली डेभलपमेन्ट बैंकबाट १० लाख रुपैयाँ जम्मा भएको पाइएको छ । अनुसन्धानमा बस्नेतले बैंकको बदमासी लुकाएकाले लाभ लिएको खुलेको छ ।राष्ट्र बैंकको अनुसन्धानमा कर्णाली बैंकको खराब ऋण अनुपात ४०.८५ प्रतिशत भन्दा बढी पुगेको जनाइएको छ ।निक्षेपकर्ताहरूको माग अनुसार रकम फिर्ता गर्न सक्ने अवस्था नरहेपछि व्यवस्थापन राष्ट्र बैंकले आफ्नो नियन्त्रणमा लिएको थियो । बैंकको कोर बैंकिङ प्रणालीमा राष्ट्र बैंकमा २२ करोड ७४ लाख ६० हजार जम्मा रहेको देखिएपनि खाताको वास्तविक मौज्दात शून्य रहेको पाइएको थियो ।यसरी बैंकका सञ्चालक, संस्थापक र अन्य कर्मचारीको मिलोमतोमा बैंक डुबाइ निक्षेपकर्ताको रकम दुरुपयोगलगायतका बैंकिङ कसुरमा अनुसन्धान भइ मुद्दा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij