Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

कृषकको आशा बनेर बग्दै कमला नहर

कृषकको आशा बनेर बग्दै कमला नहर

  •  सिरहा । लामो समय देखि वर्षा नहुँदा  मधेस प्रदेशका किसानहरु  धान रोपाइँका लागि चिन्तित भइरहेको  बेला  कमला सिँचाइ व्यवस्थापन कार्यालयले समयमा नै पानीको आपूर्ति गरी धनुषा र सिरहाका किसानहरूलाई ठूलो राहत दिएको छ । 
    प्रदेश सरकारले मधेशलाई सुक्खा क्षेत्र घोषणा गरिसकेको छ।
     सिरहा र धनुषाका  किसानहरूले खेतमा  सिँचाइ गर्न सक्ने भएपछि धान रोपाइँ अहिले धमाधम भइरहेको छ ।कमला सिँचाइ व्यवस्थापन कार्यालय, धनुषाले सञ्चालन गर्ने कमला पश्चिमी नहर प्रणाली ९धनुषा० र कमला पूर्वी नहर प्रणाली ९सिरहा० अन्तर्गतका नहरहरूमा ९ असारमै कमला नदीको पानी प्रवाह सुरु गरिएको थियो । खडेरीको चपेटामा परेका यी क्षेत्रका किसानहरूलाई रोपाइँका लागि आवश्यक पानी प्राप्त हुन थालेको छ ।

    कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्रकुमार यादवले  हाल सिरहाको पूर्वी नहर र धनुषाको पश्चिमी नहरमा प्रतिसेकेन्ड १४ हजारर१४ हजार लिटर पानी गरी कुल २८ हजार लिटर पानी आपूर्ति भइरहेको बताए ।
    प्रमुख यादवले भने  ुपहिला प्रत्येक वर्ष १ साउनदेखि मात्र नहरमा पानी प्रवाह हुन्थ्यो, तर म आएदेखि असारमै पानी प्रवाह गर्न थालेका छौँ । यसले किसानलाई समयमै रोपाइँ गर्न, लागत घटाउन र उत्पादकत्व बढाउन निकै मद्दत गरेको छ ।ु
    खडेरीको समयमा नहरमार्फत पानी पाइएपछि धान रोपाइँमा मजदुरी खर्च घटेको, उत्पादन लागत घटेको र सिँचाइको व्यवस्थापनसमेत प्रभावकारी बनेको प्रमुख यादवले बताए ।
    साविकमा दुवै नहरको सिँचाइ क्षमता साढे १२ हजार हेक्टररसाढे १२ हजार हेक्टर गरी २५ हजार हेक्टर थियो। तर, पछिल्ला वर्षहरूमा साना पैनीहरूको विस्तारसँगै अब यो दायरा झण्डै ३० हजार हेक्टरसम्म पुगेको छ । 
    कमला सिँचाइ व्यवस्थापन कार्यालयले अहिले धनुषाका ६ नगरपालिका गणेशमान चारनाथ, सबैला, शहीद नगर, कमला, विदेह, रहंसपुर र २ गाउँपालिका जनक नन्दनी र औहरीमा सिँचाइ सुविधा पुर्‍याइरहेको छ । त्यसैगरी, सिरहा तर्फ, कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिरहा र सुखीपुर गरी ५ नगरपालिका तथा विष्णुपुर, औहरी र अर्नामा गरी ३ गाउँपालिकामा सेवा विस्तार गरिएको छ । करिब २० हजारभन्दा बढी घरधुरीलाई कमला सिँचाइ योजनाबाट प्रत्यक्ष लाभ पुगेको प्रमुख यादवले बताए ।
    हाल मधेश प्रदेशभरि मात्र ३५ प्रतिशत क्षेत्रमै धान रोपाइँ भएको देखिए पनि कमला नहरद्वारा सिञ्चित क्षेत्रमा ६० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको र यही गतिमा पानी आपूर्ति भइरहेमा आगामी १० दिनभित्र सम्पूर्ण क्षेत्रको रोपाइँ सम्पन्न हुने प्रमुख यादवको विश्वास छ । तर, कतिपय स्थानमा किसानहरूले नहरको संरचना बिग्रिने गरी जबर्जस्ती पानी लगिरहेका छन् । यसले गर्दा नहरको क्षति हुने, विवाद सिर्जना हुने र अन्य कृषक प्रभावित हुने भएकाले यादवले किसानहरूसँग संयमित बन्न र सिँचाइ प्रणालीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आग्रह गरेका छन् । 
    कमला पश्चिमी नहर प्रणालीअन्तर्गत १४ दशमलव ३ किलोमिटर लम्बाइ भएको मुख्य नहरबाट रधुनाथपुर, प्रवाह, महिनाथपुर र खजुरी गरी चारवटा शाखा नहरहरू विस्तार भएका छन् । उता पूर्वी नहर प्रणाली ३१ दशमलव १ किलोमिटर लामो छ, जसबाट भोक्राहा, सिक्रोन, मझाउ, कल्याणपुर, सुकठोर, सिरहा, लगडीगोठ र औरही गरी आठवटा शाखा नहरहरू सञ्चालनमा छन् । दुवै जिल्ला धनुषा र सिरहालाई समेट्ने कमला सिँचाइ प्रणाली ७ सय किलोमिटरभन्दा लामो छ र यसले ४० हजारभन्दा बढी किसानलाई प्रत्यक्ष लाभ दिइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij