Logo

Oct 22 2025 | २०८२, कात्तिक ५गते

Oct 22 2025 | २०८२, कात्तिक ५गते

images

नेपाली कांग्रेसका नेताहरूलाई वित्तीय नीति सुधार गर्न आग्रह

नेपाली कांग्रेसका नेताहरूलाई वित्तीय नीति सुधार गर्न आग्रह

  • काठमाडौँ ।सत्ताधारी दल नेपाली कांग्रेस नेताहरूलाई वित्तीय नीतिलाई सुधार गर्न आग्रह गरिएको छ ।नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेश अग्रवालले यस्तो बताएका हुन् ।मौद्रिक नीतिले मात्रै अर्थतन्त्रलाई चलामान बनाउन नसक्ने बताउँदै अध्यक्ष अग्रवालले नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक अन्तरक्रियामा यस्तो बताए ।

    अर्थतन्त्रलाई चलायमान बनाउन  सरकारको वित्तीय नीतिलाई अझै सुधार्न जरुरी रहेको बताउँदै उनले अहिलेको मौद्रिक नीति विस्तारकारी रहेको बताए । साथै उनले  सरकारी वित्तीय नीति संकुचित रहेको छ । उनका अनुसार आगामी दिनमा मौद्रिक नीति थप लचक हुनुपर्ने आवश्यकता छ । सरकारको वित्तीय नीतिमा रहेका संकुचन हट्नुपर्छ । पुरानो लयमा फर्कन हाम्रा वित्तीय नीतिहरूलाई सहज बनाउनुपर्छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij