Logo

Jul 31 2025 | २०८२, साउन १५गते

Jul 31 2025 | २०८२, साउन १५गते

images

खानी र गुणस्तर विभागलाई परिणाममुखी नतिजा सुनिश्चित गर्न मन्त्री भण्डारीको निर्देशन

खानी र गुणस्तर विभागलाई परिणाममुखी नतिजा सुनिश्चित गर्न मन्त्री भण्डारीको निर्देशन

  • काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले खानी तथा भू–गर्भ विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागलाई काममा परिणाममुखी नतिजा सुनिश्चित गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा आयोजित विशेष छलफलमा दुवै विभागका महानिर्देशक तथा महाशाखा प्रमुखहरूलाई मन्त्री भण्डारीले यी निकायहरूको प्रभावकारी कार्य सम्पादनले राष्ट्रको समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने भएकाले छिटो र प्रभावशाली परिणाम देखिने गरी योजना कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।
    छलफलमा दुवै विभागले चालु आर्थिक वर्षका लागि तयार पारेका योजनाहरू मन्त्री समक्ष प्रस्तुत गरेका छन् ।

    खानी तथा भू–गर्भ विभागले रोक्का क्षेत्र खुलाउने, खानी अन्वेषण पुनः सुरु गर्ने, विद्यमान कानुनी समस्याहरू समाधान गरी कामलाई तीव्रता दिने, र खानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारीस्वरूप विज्ञ तथा सरोकारवालासँग शीघ्र अन्तरक्रिया गर्ने योजना अघि सारेको छ । विभागले चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट कार्यान्वयनसम्बन्धी विषयमा विहिबार अर्थमन्त्रालयसँग छलफल गर्ने बताइएको छ । 

    त्यसैगरी, नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल–भारत व्यापार सहजीकरणका लागि सम्बोधन गर्नुपर्ने विषयहरूबारे जानकारी गराएको छ । मन्त्री भण्डारीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा भारतले बिआइएस प्रमाणिकरण नपाएका नेपाली वस्तुहरूको निर्यातमा देखिएको समस्याको विषयमा छलफल हुनेछ । मन्त्री भण्डारीले गुणस्तर प्रमाणिकरणका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको प्रयोगसाला स्थापना गर्नुपर्ने बताउनु भएको छ । उहाँको विभागको सेवा विस्तार तथा पहुँच वृद्धिमा ध्यान दिन निर्देशन दिनुभयो । 

    विभागले नेपाली उत्पादकहरूले बिआइएस प्रमाणिकरणका लागि आवेदन दिए पनि प्रक्रिया ढिलो हुँदा निर्यातमा समस्या उत्पन्न भएको, यद्यपि नेपाल र भारतबीच सम्झौता भए पनि त्यसका प्रावधान कार्यान्वयन नभएको भन्दै उक्त विषयमा ध्यानाकर्षण गराएको छ ।दुबै विभागले विहीबार हुने अर्थमन्त्रीसँगको छलफलमा बजेट कार्यान्वयनसम्बन्धी थप विवरण प्रस्तुत गर्ने जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij