Logo

Aug 01 2025 | २०८२, साउन १६गते

Aug 01 2025 | २०८२, साउन १६गते

images

दक्षिण एसियाली युवा नेतृत्वको यात्रामा ऐतिहासिक कदमः "SAAIL - नेपाल २०२५" को काठमाडौँमा भव्य आयोजना

दक्षिण एसियाली युवा नेतृत्वको यात्रामा ऐतिहासिक कदमः "SAAIL - नेपाल २०२५" को काठमाडौँमा भव्य आयोजना

  • काठमाडौँ। जुनियर चेम्बर इन्टरनेशनल (JCI) नेपालले पहिलोपटक  एक अत्यन्तै ऐतिहासिक र अन्तर्राष्ट्रिय महत्वको कार्यक्रम South-Asian Academy for International Leadership (SAAIL नेपाल २०२५) आयोजना गर्न लागेको छ ।  "Bridging Nations - Building Leadership." नारा सहित यही जुलाई ३१ देखि अगस्ट ३, २०२५ सम्म काठमाडौँको Aloft Hotel, Thamel मा भव्य रूपमा सम्पन्न हुने तयारी अन्तिम चरणमा पुगेको जेसीआईले जनाएको हो ।

    जेसीआईले  जनाए अनुसार  दक्षिण एसियाका युवा नेतृत्वकर्ताहरुलाई एकसाथ ल्याउने उ‌द्देश्यसहित प्रारम्भ गरिएको यस एकेडेमीले नेतृत्व विकास, अन्तरसंस्कृतिक समझदारी, क्षेत्रीय सहकार्य, र साझा भविष्य निर्माण मा केन्द्रीत लक्ष्यहरुलाई आत्मसात गरेको छ। यो एकेडेमीको नेतृत्व नेपाल जेसीजको वर्ष २०२५ डाईनामिक राष्ट्रिय अध्यक्ष रञ्जनी थापाले गर्ने छन् ।  यो नेपाल जेसीजककै ईतिहासमा अध्यक्ष थापाको अन्तरनिहित सोच र भिजनको प्रतिफलमा स्थापित हुने अवसरका रुपमा प्राप्त भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
    यस कार्यक्रमको निर्देशक पूर्व राष्ट्रिय अध्यक्ष तथा जेसिआई सिनेटर प्रज्ञा राज राजभण्डारी ‌द्वारा गरिंदैछ। जेसिआई नेपालले  SAAIL नेपाल २०२५ दक्षिण एसियाली युवा नेतृत्व विकासको क्षेत्रमा एक ऐतिहासिक कोसेढु‌ङ्गा सावित हुने विश्वास लिएको छ ।

    जेसीआईले  जनाए अनुसार  SAAIL को अवधारणा सन् २०२५ को JCI Asia-Pacific Conference (ASPAC) JCI Mongolia को उलानवटारमा जन्मिएको हो। उक्त अवसरमा नेपाल, भारत, श्रीलंका र बंगलादेशका प्रतिनिधिहरुबीच संयुक्त सम्झौता (MOU) सम्पन्न भएको थियो, जसअनुसार यी चार राष्ट्रले मिलेर SAAIL को स्थापनाको संकल्प गरेका थिए।नेपाल यो संकल्पको पहिलो कार्यान्वयन स्थल बन्न पाउनु गौरवको विषय हो। योजना अनुसार आगामी वर्षहरूमा य कार्यक्रमलाई प्रत्येक वर्ष फरक दक्षिण एसियाली राष्ट्रमा आयोजना गरिने छ।

    जेसीआईले  जनाए अनुसार SAAIL - नेपाल २०२५ का प्रमुख उ‌द्देश्यहरूमा  युवा नेतृत्व क्षमताको बहुआयामिक विकास
    दक्षिण एसियाली राष्ट्रबीच आपसी समझदारी, मित्रता र सहकार्यको प्रवर्धन, नेपाली संस्कृति, पर्यटन र पहिचानको अन्तर्राष्ट्रिय प्रचार-प्रसार, अन्तर्राष्ट्रिय युवा सहभागिताबाट उ‌द्योग, लगानी र नवप्रवर्तनको सम्भावना, दीर्घकालीन नेटवर्क र क्षेत्रीय साझेदारीको निर्माण
    कार्यक्रमका मुख्य विशेषताहरु रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij