Logo

Jul 31 2025 | २०८२, साउन १५गते

Jul 31 2025 | २०८२, साउन १५गते

images

राजस्व अनुसन्धान विभागद्वारा कस्मेटिकको ठुलो कारोबार गर्ने मख्खनस्थित जेडी इन्टरनेशनलमा छापा

राजस्व अनुसन्धान विभागद्वारा कस्मेटिकको ठुलो कारोबार गर्ने मख्खनस्थित जेडी इन्टरनेशनलमा छापा

  • काठमाडौँ । राजस्व अनुसन्धान विभागले कस्मेटिकको ठुलो कारोबार गर्ने इन्द्रचोकको मख्खनस्थित जेडी इन्टरनेशनलमा छापा हानेको छ ।  विभागले उक्त फर्ममा यसै हप्ता छापा हानेको हो । कस्मेटिक तथा कस्मेटिकजन्य वस्तुहरूमा  राजस्व चुहावट गरेको आशंकामा  छापा हानेको राजस्व अनुसन्धान विभाग स्रोतले बताएको छ ।

    जेडी इन्टरनेशनललगायतको कारोबारस्थल र गोदाममा छापा हानेर सिल गरेको राजस्व अनुसन्धान विभागले मालवस्तुको  स्टक लिइरहेको बताइएको छ । जेडी इन्टरनेशनल कस्मेटिक कारोबारको  ठुलो आयातकर्ता र कारोबारी मानिन्छ ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij