Logo

Oct 15 2025 | २०८२, असोज २९गते

Oct 15 2025 | २०८२, असोज २९गते

images

सेबोनबाट हटाइएका जलविद्युत् कम्पनीहरू पुनः शेयर निष्कासनका लागि निवेदनमा

सेबोनबाट हटाइएका जलविद्युत् कम्पनीहरू पुनः शेयर निष्कासनका लागि निवेदनमा

  •  

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेटवर्थ ९० करोड रुपैयाँभन्दा कम भएका भन्दै आफ्नो पाइपलाइनबाट हटाएका छवटा जलविद्युत् कम्पनीहरू पुनः शेयर निष्कासनको स्वीकृतिका लागि निवेदन दिएका छन्। सेबोनले कानुनी आधारबिना निजी क्षेत्रका ती कम्पनीहरूको शेयर निष्कासन प्रक्रिया रोकिदिएको भन्दै ऊर्जा प्रवर्द्धकहरू आक्रोशित भएका थिए।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार, हटाइएका कम्पनीहरूले एक महिनाभित्रै फेरि निवेदन दिएका हुन्। इप्पानका वरिष्ठ महासचिव मोहन डाँगीका अनुसार, सेबोनले ‘९० भन्दा कम नेटवर्थ’ भएको कारण देखाएर कम्पनीहरूको शेयर निष्कासन रोक्नु अन्यायपूर्ण छ। उनले भने, “हामीले अब ९० करोडभन्दा माथिको नेटवर्थ देखाएर निवेदन दिएका छौं।”

    डाँगीका अनुसार, अहिले बामे सर्दै गरेको जलविद्युत् क्षेत्रलाई यस्ता नियम नलगाई प्रोत्साहित गर्नु जरुरी छ। “नेटवर्थको कुनै स्पष्ट कानुनी आधार नहुनुका बाबजुद, बोर्डले मनोमानी निर्णय गरेको देखिन्छ,” उनले बताए। यस्ता निर्णयले निजी क्षेत्रको ऊर्जा लगानीमा अवरोध पुग्ने खतरा रहेको इप्पानको धारणा छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij