Logo

Oct 15 2025 | २०८२, असोज २९गते

Oct 15 2025 | २०८२, असोज २९गते

images

शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर साउन १५ सम्मका शेयरधनीलाई मात्र

शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर साउन १५ सम्मका शेयरधनीलाई मात्र

  •  

    काठमाडौं ।  शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनको तयारी गरेको छ। कम्पनीले हकप्रद शेयरका लागि साउन १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार साउन १५ गतेसम्म कायम रहेका शेयरधनीहरू मात्र हकप्रद शेयर प्राप्त गर्न योग्य हुनेछन्।हकप्रद शेयर निष्कासनको मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। कम्पनीले हालको चुक्तापुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको आधारमा शतप्रतिशत (१:१ अनुपातमा) हकप्रद शेयर ल्याउन लागेको हो। यस प्रयोजनका लागि कम्पनीले ८८साउन ४ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)८८बाट स्वीकृति प्राप्त गरिसकेको छ।
    हकप्रद शेयरमा लगानी गर्न चाहने लगानीकर्ताले साउन १५ गतेभित्र कम्पनीको शेयर खरिद गरी कायम शेयरधनी हुनुपर्नेछ। बुक क्लोजपछि खरिद गर्नेले हकप्रद शेयरमा भाग लिन पाउने छैनन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij