
काठमाडौँ । नेपाल टेलिकमलाई एउटा सिमकार्ड बेच्दा पच्चीस रुपैयाँ घाटा भइरहेको छ । नेपाल टेलिकमले कार्यविधि नै बनाएर डिलरमार्फत् सिमकार्ड बिक्री वितरण गर्दा नेपाल टेलिकमलाई प्रति सिम २५ रुपैयाँ घाटा भइरहेको हो । नेपाल टेलिकमले बिचौलियालाई पोस्ने गरी कार्यविधि नै बनाएर डिलर मार्फत् सिमकार्ड बिक्री वितरण गर्दा प्रति सिम डिलरलाई ३५ रुपैयाँ र खुद्रा बिक्रेतालाई असी रुपैयाँ कमिसन दिने गरेको छ । नेपाल टेलिकमले डिलरलाई प्रति सिम ९० रुपैयाँमा दिने गर्छ ।खुद्रा बिक्रेता वा डिलरले ग्राहकको केवाईसी अपलोड वा ग्राहकले सिमकार्ड उपयोग गर्ने बित्तिकै उक्त कमिसन नेपाल टेलिकमबाट डिलर मार्फत् जाने गर्दछ ।
नेपाल टेलिकमलाई सिमकार्ड बनाउँदा वा खरिद गर्दा लाग्ने लागत मूल्य बाहेक प्रति सिमकार्ड २५ रुपैयाँ घाटा लाग्नु लज्जाको कुरा भएको विज्ञहरूले नयाँ सडकलाई बताएका छन् । झण्डै ३५ सय कर्मचारी , प्रदेश र प्रायः सबै जिल्लाहरूमा आफ्नै सञ्जाल भएको टेलिकमले आफै सिमकार्ड नबेचेर किन कार्यविधि नै बनाएर बिचौलियालाई पोस्ने गरी सिमकार्ड डिलर र सबडिलर बनायो । यो विषयमा नियमनकारी निकायहरू किन मौन छन् । एक अवकाश प्राप्त टेलिकमका उच्च कर्मचारीले नयाँ सडकलाई बताए । नेपाल टेलिकमको काउन्टरहरूबाट पनि ग्राहकले सिधै सिमकार्ड खरिद गर्न पाउँदछन् ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको रिचार्ज र सिमकार्डको बिक्री तथा ग्राहक भुक्तानी प्रणाली सम्बन्धी तेस्रो संशोधन कार्यविधि २०७८को दफा ५४मा सेवा शुल्क र कमिसन भुक्तानी सम्बन्धी व्यवस्था रहेको छ । दफा ५४को क (१)मा डिलरलाइ प्रति सिमकार्ड रु ३५ मूल्य अभिवृद्धि कर बाहेकका दरले सेवा शुल्क (२) रिटेलर/ POSलाई रु ८० करसहितका दरले कमिसन दिने भनिएको छ ।
टेलिकमले आफ्ना काउन्टरहरूबाट ९० रुपैयाँमा सिमकार्ड बिक्री गर्ने गर्दछ । टेलिकम आफैले सिमकार्ड बिक्री गर्दा भने कसैलाई कमिसन दिनु पर्दैन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको रिचार्ज र सिमकार्डको बिक्री तथा ग्राहक भुक्तानी प्रणाली सम्बन्धी तेस्रो संशोधन कार्यविधि २०७८को दफा ५४मा सेवा शुल्क र कमिसन भुक्तानी सम्बन्धी व्यवस्था रहेको छ । दफा ५४को क (१)मा डिलरलाइ प्रति सिमकार्ड रु ३५ मूल्य अभिवृद्धि कर बाहेकका दरले सेवा शुल्क (२) रिटेलर/ POSलाई रु ८० करसहितका दरले कमिसन दिने भनिएको छ । स्मरण रहोस नेपाल टेलिकमको सिमकार्ड झण्डै २० लाख बर्सेनि बिक्री हुन्छ ।यससम्बन्धमा नेपाल दूर सञ्चार कम्पनी लिमिटेडका प्रवक्ता रविन्द्र मानन्धरसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij