Logo

Oct 15 2025 | २०८२, असोज २९गते

Oct 15 2025 | २०८२, असोज २९गते

images

एनआईसी एशिया बैंकका ग्राहकलाई 'लेट मे इन' कोरियन स्किन हस्पिटलमा विशेष छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई 'लेट मे इन' कोरियन स्किन हस्पिटलमा विशेष छुट

  •  

    काठमाडौं।  एनआईसी एशिया बैंक र कोरियन स्किन हस्पिटल लेट मे इन बीच विशेष छुटसम्बन्धी सहमति भएको छ। सम्झौता अनुसार, बैंकका ग्राहकले काठमाडौंको नयाँ बानेश्वर, महाराजगञ्ज र पोखराको चिप्लेढुंगामा रहेका लेट मे इन शाखाहरूमा सेवा लिँदा विशेष छुट पाउने छन्।

    अब ग्राहकले Hair Transplant, Facial, Anti-aging Treatment, Scar Treatment, Acne Treatment, तथा Hyperbaric Oxygen Therapy सेवामा १० प्रतिशत छुट पाउने छन्। साथै, कोरियन उत्पादनमा ८ प्रतिशत छुट उपलब्ध हुनेछ।

    यस सुविधाको लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ अथवा मोबैंक एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ।

    बैंकले यो सहकार्यले ग्राहकलाई लाभ दिने मात्र नभई मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij