
काठमाडौँ । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल साउन १६ गते, शुक्रबारदाख पुनः सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेजले शिक्षण अस्पताल पुनः सञ्चालनको अवसरमा प्रारम्भिक चरणमा निःशुल्क ओपीडी सेवा प्रदान गर्ने निर्णय गरेको जनाएको हो । यो सेवा अको सूचना जारी नहुँदासम्म निरन्तर निःशुल्क रूपमा उपलब्ध गराइने जनाइएको छ ।
यसका अतिरिक्त, अस्पतालका अन्य सेवा क्षेत्रमा पनि प्रारम्भिक रूपमा विशेष छुटको व्यवस्था गरिएको छ। विशेषज्ञ सेवा अन्तर्गत जेनेरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, नाक-कान-घाँटी, आँखा, नसा, मुटु, किड्नी, मूत्र र छाती रोगसम्बन्धी सम्पूर्ण सेवा पूर्णतः निःशुल्क उपलब्ध हुनेछ।
त्यसैगरी, आपतकालीन सेवा २४ सैं घण्टा सञ्चालनमा रहनेछ भने एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स-रे र फिजियोथेरापी सेवामा पनि छुट दिइनेछ। साथै, अस्पताल परिसरमै फार्मेसी सेवा पनि उपलब्ध गराइएको छ, जसले बिरामीहरूलाई थप सुविधा दिइनेछ।यसअघि नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेज सञ्चालनको सफल अनुभव रहेको टिमले नै काठमाडौं नेशनल मेडिकल कलेजको सञ्चालन गरेको जनाइएको छ ।
कलेजका अध्यक्ष बसुरुद्दिन अन्सारीले उद्घाटनका क्रममा भने अनुसार केही समय स्थगनमा रहेको काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताललाई पुनः सञ्चालन गर्न पाउनु अत्यन्तै महत्वपूर्ण, हर्षको र ऐतिहासिक दिन हो। यो अस्पताल पुनः सञ्चालनमा ल्याउनुको मूल उद्देश्य भनेकै मेडिकल शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवालाई पुनः सशक्त बनाउनु हो। स्वास्थ्य उपचार आजको समाजको आधारभूत आवश्यकता हो। जनतालाई सुलभ, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउनु कर्तव्य मात्र नभएर प्रतिबद्धता पनि भएको अन्सारीले बताए ।
यसै सन्दर्भमा अस्पताल पुनः संचालनको प्रारम्भिक चरणमा सबैका लागि निःशुल्क तथा छुटमा सेवा सुरु गरिएको बताउँदै अन्सारीले विगतमा सञ्चालन गरेका नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजको सफल अनुभवको सन्दर्भमा यो
अस्पताललाई अझ मजबुत, प्रभावकारी र समाजोपयोगी बनाउन सकिने विश्वास व्यक्त गरे
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जहागिर अन्सारीले काठमाडौं शहरको केन्द्रमा अवस्थित काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमार्फत नागरिकहरूलाई गुणस्तरीय, सुलभ र सस्तो स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यमा प्रतिबद्ध रहेको बताए ।उनले भने ‘ हामी समुदायप्रति उत्तरदायी रहन चाहन्छौं। यही भावनाका साथ, अस्पताल पुनः सञ्चालनको अवसरमा हामीले निःशुल्क सेवा उपलब्ध गराउने निर्णय गरेका छौं, जसमार्फत हामी आम नागरिकप्रति आफ्नो उत्तरदायित्व र प्रतिबद्धता प्रस्तुत गर्न चाहन्छौं। हाम्रो उद्देश्य मात्र अस्पताल सञ्चालन गर्नु होइन, स्वास्थ्य र शिक्षा दुबै क्षेत्रमा दीर्घकालीन योगदान दिनु हो। यसै सन्दर्भमा, हामी सबै सेवाहरूलाई सहज, गुणस्तरीय र जनमुखी बनाउने दिशामा काम गरिरहेका छौं। ’
अस्पतालका व्यवस्थापक दिलिप साह भने ‘ हामी यस पुनः सञ्चालनलाई नागरिकहरुको विश्वास जित्ने, उनीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने र स्वास्थ्य तथा स्वास्थ्य शिक्षा क्षेत्रमा हाम्रो उत्तरदायित्व पुरा गर्ने अवसरका रुपमा लिएका छौं ।काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनको अवसरमा, हामीले सर्वसाधारणलाई लक्षित गर्दै प्रारम्भिक चरणमा निःशुल्क ओपीडी सेवा प्रदान गर्ने निर्णय गरेका छौं। यो सेवा अर्को सूचना जारी नहुँदासम्म निरन्तर निःशुल्क रूपमा उपलब्ध गराइनेछ।’
यसका अतिरिक्त, अस्पतालका अन्य सेवा क्षेत्रमा पनि प्रारम्भिक रूपमा विशेष छुटको व्यवस्था गरिएको छ। त्यसैगरी, आपतकालीन सेवा २४ सैं घण्टा सञ्चालनमा रहनेछ भने एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स-रे र फिजियोथेरापी सेवामा पनि छुट दिइने जारी विज्ञप्तिमा जनाइएको छ । साथै, अस्पताल परिसरमै फार्मेसी सेवा पनि उपलब्ध गराइएको छ, जसले बिरामीहरुलाई थप सुविधा दिने विश्वास गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij