
काठमाडौँ । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा निर्धारित लक्ष्यको करिब ९५ प्रतिशत राजस्व संकलन गरेको छ । आव आन्तरिक राजस्व कार्यालय भरतपुरले आव २०८१/८२ मा २५ अर्ब ९ करोड ७ लाख ३२ हजार रूपैयाँ राजस्व संकलन गरेको हो यो रकम लक्ष्यको ९४.२९ प्रतिशत हो ।गत आर्थिक वर्षमा भरतपुर कार्यालयले २७ अर्ब ९२ करोड ८७ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । निर्धारित लक्ष्य बराबर राजस्व संकलन नभए पनि अघिल्लो आवको तुलनामा राजस्व संकलन बढी भएको देखिएको हो ।
कार्यालयले गत आवमा आयकर तर्फ लक्ष्यको ८०.९६ प्रतिशत मात्र राजस्व संकलन गरेको जनाएको छ । कार्यालयले ३ अर्ब ५८ करोड ४६ लाख ६१ हजार रुपैयाँ आयकर संकलन गर्ने लक्ष्य राखेकोमा २ अर्ब ९० करोड २० लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । यसैगरी मूल्य अभिवृद्धि कर तर्फ लक्ष्यको ९८.१४ प्रतिशत राजस्व संकलन भएको छ । कार्यालयले २ अर्ब ३७ करोड ६४ लाख २३ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर उठाउने लक्ष्य राखेकोमा २ अर्ब ३३ करोड २१ लाख ४२ हजार रुपैयाँ संकलन भएको जनाइएको छ ।
यसैगरी अन्तः शुल्कमा लक्ष्यको ९६.१७ प्रतिशत राजस्व संकलन भएको छ । कार्यालयले २० अर्ब ३८ करोड ९६ लाख २० हजार रुपैयाँ बराबरको अन्त शुल्क संकलन हुने लक्ष्य राखेकामा १९ अर्ब ६७ करोड ८ लाख २७ हजार रुपैयाँ संकलन गरेको हो । बहाल कर तर्फ ६४.८५ प्रतिशत प्रगति भएको छ । ६ करोड ५० लाख १८ हजार रुपैयाँ लक्ष्य लिएकोमा ४ करोड २१ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कार्यालयले २७ अर्ब ९२ करोड ८७ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २० अर्ब ५६ करोड ७८ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन मात्र भएको थियो । जुन कुल लक्ष्यको ७३.६४ प्रतिशत रहेको कार्यालयले जनाइएको छ ।
सो आर्थिक वर्षमा आय कर राजस्व तर्फ लक्ष्यको ८८.८१ प्रतिशत संकलन भएको थियो । २ अर्ब ९६ करोड ३८ लाख ३६ हजार रुपैयाँ आयकर उठ्ने लक्ष्य राखेकोमा २ अर्ब ६३ करोड २२ लाख ५० हजार रुपैयाँ मात्र संकलन भएको थियो । सो आवमा मूल्य अभिवृद्धि कर २ अर्ब ३३ करोड ७२ लाख ४० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा १ अर्ब ९५ करोड २८ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । जुन लक्ष्यको ८३.५५ प्रतिशत मात्र हुन आउँछ । अन्तःशुल्क कर लक्ष्यको ७०.७० प्रतिशत संकलन भएको थियो । २२ अर्ब ३४ करोड ४१ लाख ५६ हजार रुपैयाँ अन्तःशुल्क संकलन गर्ने लक्ष्य राखेकोमा १५ अर्ब ७९ करोड ८२ लाख ६३ हजार रुपैयाँ मात्र संकलन भएको जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij