
काठमाडौं । पुनर्बीमा ब्रोकर(दलाल)हरूले शाखा खोल्न पर्ने समय अवधि थपिएको छ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा ब्रोकर (दलाल)लाई शाखा खोल्ने समय थपेको हो ।बीमकको पुनर्बीमा निर्देशिका–२०८० पहिलो संशोधन गर्दै शाखा खोल्ने समय तीन महिना प्राधिकरणले थपेको छ ।
निर्देशिकामा भनिएको छ–‘प्राधिकरणबाट सूचीकरण नम्बर प्राप्त गर्ने पुनर्बीमा दलालले वि.सं २०८२ पुस मसान्तभित्र शाखा तथा सम्पर्क कार्यालय वा संयुक्त लगानीमा कार्यालय स्थापना गरिसक्नुपर्नेछ ।’प्राधिकरणका अनुसार यसअघि पुनर्बीमा ब्रोकरले ६ महिनाभित्र शाखा कार्यालय खोल्नुपर्ने व्यवस्था थियो । अहिले उक्त व्यवस्था संशोधन गरेर समय तीन महिना थपेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij