Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

राष्ट्र बैंकको कारबाहीमा ११ फाइनान्स कम्पनी,पोखरा फाइनान्स ६ पटक कारबाही

राष्ट्र बैंकको कारबाहीमा ११ फाइनान्स कम्पनी,पोखरा फाइनान्स ६ पटक कारबाही

  • काठमाडौँ । गत आर्थिक वर्षमा ११वटा फाइनान्सा कम्पनी नियामकको कारबाहीमा परेका छन् ।नेपाल राष्ट्र बैंकले गत आवमा ११ वटा फाइनान्स कम्पनीलाई कारबाही गरिएको हो  । राष्ट्र बैंकको कारबाहीमा परेका फाइनान्स कम्पनीहरूमा जानकी फाइनान्स, गोर्खाज, प्रोग्रेसिभ, रिलायन्स, पोखरा, सेन्ट्रल, समृद्धि, आईसीएफसी, रिलायबल, गुडविल र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स रहेका छन् ।

    कारबाहीमा परेकाहरू मध्ये ७ वटा फाइनान्स कम्पनीलाई दोहोरो कारबाही गरिएको  जनाइएको छ । सबैभन्दा बढी पटक कारबाहीमा पोखरा फाइनान्स परेको पाइएको छ । पोखरा फाइनान्सलाई ६ पटक कारबाही गरिएको छ । गत आवको पहिलो त्रैमासिकमा  जानकी फाइनान्स, गोर्खाज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, रिलायन्स फाइनान्स कारबाहीमा परेका थिए । राष्ट्र बैंकको बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागले संस्थाका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो ।

    जानकी फाइनान्सका सञ्चालक र सीईओलाई सचेत गराइयो । फाइनान्सले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९, कम्पनी ऐन, २०६३ को दफा ७६ तथा  केन्द्रीय बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरीत संस्थाले वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण ढिलो पेश गरेको थियो । त्यसको कारण संस्थाको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरको देखिएकाले संस्थाको सञ्चालक समिति तथा सीईओलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराएको थियो ।

    गोर्खाज फाइनान्सले वित्तीय स्वार्थ रहेको ग्राहकसंँगको कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुननहुने व्यवस्थाको प्रतिकूल हुने कार्य गरेकोमा कारबाही बेहोर्नु प¥यो । उक्त फाइनान्स तत्कालीन अध्यक्ष–सञ्चालक संस्थाको ऋणी–ग्राहकसँग संस्थामा नै खोलिएका खाताहरु मार्फत् आर्थिक कारोबारमा पटक पटक संलग्न भएको पाइएको थियो  ।

    प्रोग्रेसिभ फाइनान्स कम्पनीले जारी गरिएको एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरीत संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण केन्द्रीय बैंक समक्ष ढिलो पेश गरेको कारबाही बेहो¥यो ।रिलायन्स फाइनान्सलाई राष्ट्र बैंकले नगद जरिवाना गराएको छ ।अनिवार्य नगद मौज्दात नपुग भएकोले जरिवाना लगाएको हो । 
    राष्ट्र बैंकले गत आवको दोस्रो त्रैमासिकमा  एकै प्रकारको गल्ती गर्ने ८ वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको थियो । कारबाहीमा परेका कम्पनीहरूमा समृद्धि फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आइसिएफसि फाइनान्स, जानकी फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुडविल फाइनान्स रहेका छन् । 
    अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले पेश गरेको प्रतिवेदनमा संस्थाहरुबाट प्रवाह भएका कर्जाहरुमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरुको सम्बन्धमा सम्बन्धित संस्थाले सो संस्थाको आन्तरिक लेखा परीक्षणकबाट तयार गरी केन्द्रीय बैंकमा पेश गरेको प्रतिवेदनमा खुलाइए अनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियपूर्ण कर्जा सदुपयोग नभएबाट सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र राष्ट्र बैंकबाट जारी निर्देशन उल्लंघन भएकोले कारबाही गरिएको  जनाइएको छ । 

    गत आवको तेस्रो त्रैमासिकमा पोखरा फाइनान्सले अनिवार्य नगद मौज्दात नपु¥याएकोले ४६ हजार ७१८ रुपैयाँ नगद जरिवाना तिरेको थियो । संस्थाले २०८१ माघ १३ देखि २६ गते सम्मको अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा विद्यामान व्यस्था बमोजिम ४६ हजार ७१८ रुपैयाँ जरिवाना गरिएको जनाइएको छ ।

    सोही अवधिमा तत्कालीन सीईओ रविचन्द्र गुरुङ्लाई स्पष्टीकरण सोधिएकोमा उनले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि गुरुङ्गलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम ५ लाख नगद जरिवाना गरेको केन्द्रीय बैंकले जनाएको छ ।

    पोखरा फाइनान्सले २०८१ पुस मसान्तमा निष्कृय कर्जा ३३.४४ प्रतिशत रहेको, न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले कारबाही गरियो यसैगरी जानकी फाइनान्सले २०८१ मंसिर मसान्तमा न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले कारबाही बेहो¥यो ।गत आवको तेस्रो अवधिमा गोर्खाज फाइनान्सले प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको तीन महिनाभित्र अनिवार्य रुपमा पदपूर्ति गरिसक्नुपर्ने व्यवस्थाको पालना नगरेकोमा कारबाही बेहो¥यो ।संचालकहरु बिचमा आपसी समझदारी नभई संस्थाको 

    केन्द्रीय बैंकले गत आवको चौथो त्रैमासिकमा पनि फाइनान्स कम्पनीलाई गर्ने कारबाहीलाई जारी राख्दै पोखरा फाइनान्सलाई लाखौ जरिवाना गराएको थियो । फाइनान्सले २०८१ माघ २७ देखि चैत २३ सम्मको अवधिका लागि न्यूनतम अनिवार्य मौज्दात रकम कायम नगरेकाले विद्यमान व्यवस्था बमोजिम ३२ लाख ७७ हजार ६७६ हजार रुपैयाँ नगद जरिवाना गराएको राष्ट्र बैंकले जनाएको छ ।

    सोही अवधिमा गुहेश्वरी मर्चेण्ट बैंकिङ्क एण्ड फाइनान्स संस्थाको नोक्सानी व्यवस्था तथा वर्गीकरण राष्ट्र बैंकमा गरिएको रिपोर्टिङ्गमा कैफियत पाइएको र कतिपय कर्जाको बक्यौता व्याज–किस्ता असुल गर्न थप कर्जा प्रवाह गरी कर्जा नियमित गरेको र यी सबै कारणहरुले कर्जा नोक्सानी व्यवस्था प्रभावित भई संस्थाको वित्तीय विवरण यथार्थपरक नदेखिएकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सीईओलाई सचेत गराएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij