Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

महाकाली नदीमा एक लाख क्युसेकभन्दा बढी बहाव, चारपाङ्ग्रे सवारी आवतजावतमा रोक

महाकाली नदीमा एक लाख क्युसेकभन्दा बढी बहाव, चारपाङ्ग्रे सवारी आवतजावतमा रोक

  • कञ्चनपुर। लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह अत्यधिक बढेपछि कञ्चनपुरस्थित शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको छ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिएअनुसार, आज बिहान ८ बजे महाकाली नदीको बहाव १ लाख ९ हजार ९८० क्यूसेक पुगेपछि सुरक्षाको कारण सवारी रोकिएको हो।

    “महाकालीमा पानीको बहाव १ लाख क्यूसेक पुगेपछि सवारी रोक्ने प्रक्रिया सुरु हुन्छ,” डीएसपी बोहराले बताए, “हाल बहाव निर्धारित सीमा नाघेकाले चारपाङ्ग्रे सवारी साधनहरूलाई रोकिएको छ।”

    शारदा ब्यारेज भएर दैनिक सयौं सवारी साधन आवतजावत गर्ने गर्छन्। पानीको सतह अझै बढ्ने सम्भावना रहेकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij