Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

अस्ट्रेलियाली प्रहरीद्वारा जासुसीको आरोपमा चिनियाँ नागरिकमाथि मुद्दा दायर

अस्ट्रेलियाली प्रहरीद्वारा जासुसीको आरोपमा चिनियाँ नागरिकमाथि मुद्दा दायर

  • सिड्नी । अस्ट्रेलियाली प्रहरीले बेइजिङका लागि स्थानीय बौद्ध समूहको जासुसी गरेको आरोपमा एक चिनियाँ नागरिकमाथि ‘लापरबाहीपूर्ण विदेशी हस्तक्षेप’ गरेको अभियोगमा मुद्दा चलाएको छ । 
    सहायक प्रहरी आयुक्त स्टिफन नटका अनुसार ती महिलाले अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको ‘गुआन यिन सिट्टा बुद्धिस्ट एसोसिएसन’का बारेमा गोप्य रुपमा सूचना सङ्कलन गरिरहेकी थिइन् ।
     
    नटले आफू चीनको सार्वजनिक सुरक्षा ब्युरोको कमान्डमा काम गरिरहेको बताएकी थिइन्।

    अस्ट्रेलियाली सङ्घीय प्रहरीको विशेष अनुसन्धान महाशाखाका नटले भन्नुभयो, “चीनको पब्लिक सेक्युरिटी ब्युरोको गुप्तचर उद्देश्यलाई सहयोग पु¥याउने उद्देश्यले यो गतिविधि गरिएको हामीले अभियोग दर्ता गरेका छौँ ।

    गत साता क्यानबेराका केही घरमा प्रहरीले छापा मारेपछि ती महिलालाई पक्राउ गरी ‘लापरबाहीपूर्ण विदेशी हस्तक्षेप’ गरेको अभियोग लगाइएको थियो ।

    प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “छापा मार्ने क्रममा इलेक्ट्रोनिक सामग्रीलगायत थुप्रै सामान जफत गरिएको छ भने थप अनुसन्धानका लागि फरेन्सिक परीक्षण गरिनेछ ।

    विदेशी हस्तक्षेपमा बढीमा १५ वर्षको जेल सजाय हुन सक्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij