Logo

Aug 04 2025 | २०८२, साउन १९गते

Aug 04 2025 | २०८२, साउन १९गते

images

बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री हुँदै

बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री हुँदै

  • हेटौँडा । कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले  बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । सोमबार सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसको समर्थनमा नेता बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । 

    कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा संसदीय दलको पत्रसहित उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेश प्रमुख कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मङ्गलवार दिउँसो २ बजेसम्म नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । 

    सोसँगै नेता बानियाँले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई मुख्यमन्त्रीमा दाबी गर्दै पत्र बुझाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij