Logo

Aug 04 2025 | २०८२, साउन १९गते

Aug 04 2025 | २०८२, साउन १९गते

images

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सले नेपाली संस्कृति विश्वभर विस्तार गरेको छः मन्त्री पाण्डे

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सले नेपाली संस्कृति विश्वभर विस्तार गरेको छः मन्त्री पाण्डे

  • काठमाडौँ . संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली संस्कृतिको दायरालाई विश्वभर विस्तार गर्न टेलिभिजन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ले सघाइरहेको बताउनुभएको छ । 

    मन्त्रालयमा दुवै रियालिटी शोका शीर्ष १० मा पर्न सफल प्रतिभाहरुसँग अन्तरक्रिया गर्नुहुँदै मन्त्री पाण्डेले नेपाली संस्कृतिलाई पहिचान र पर्यटनसँग जोडेर गीत–सङ्गीत र नृत्यकलाको माध्यमबाट नेपालीपन प्रवद्र्धन गर्ने कार्यमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ ले निकै अर्थपूर्ण योगदान पु¥याइरहेको बताउनुभएको हो ।

    नेपाल टेलिभिजनमा प्रसारण हुने यी दुवै रियालिटी शो गैरनाफामुखी सामाजिक संस्था इन्ट्रा फाउन्डेसनले निर्माण गरेको हो । हाल दुवै शोको सिजन–२ जारी छ । मन्त्री पाण्डेले ‘मेरो डान्स युनिभर्स’ सिजन–१ का विजेता थाइल्याण्डका नेपाली प्रतिभा खुसी कार्कीसँग केहीअघि थाइल्याण्डकै एक कार्यक्रममा भेटेको सन्दर्भ समेत सुनाउनुहुँदै संसारभर फैलिएका नेपालीहरुलाई संस्कृतिको साझा धागोले जोड्ने काम इन्ट्रा फाउन्डेसनले गरेकोमा प्रशंसा गर्नुभयो । “एउटा राष्ट्रको हिसाबले हामीसँग बरु केही सीमाहरु छन्”, उहाँले भन्नुभयो, “तर, अमेरिका पुगेका भुटानी नेपालीहरुको संस्थाले नेपाली गीत–सङ्गीत र संस्कृतिमाथि यति ठूलो कार्य गर्नु भनेको निकै प्रशंसनीय छ ।”

    मन्त्री पाण्डेले उत्कृष्ट अवार्ड जसले जिते पनि दुवै शोमा सहभागी सम्पूर्ण प्रतिभाहरुलाई नेपाली सांस्कृतिक दूतको रुपमा आ–आफ्ने भूमिमा सक्रिय हुन आग्रह समेत गर्नुभयो ।

    फाउन्डेशनका कार्यकारी निर्देशक चूडामणि भट्टराईका अनुसार संसारभर छरिएका नेपाली मूलका नागरिकलाई गायन र नृत्य कलामार्फत एउटै मालामा गाँसेर नेपाली सांस्कृतिक पहिचानलाई विश्वभर प्रवद्र्धन गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । दुवै शोमा विभिन्न ६० मुलुकबाट सहभागिता जनाइ यो साता उत्कृष्ट आठको सूचीमा प्रवेश गरेका छन् । “अन्टार्कटिकाबाहेक सबै महादेशमा हामी पुगेका छौँ”, उहाँले भन्नुभयो, “म्यान्मारबाट त त्यता पुगेको सातौँ पुस्ताका प्रतिभाले पहिलोपटक नेपालमा पाइला टेक्दै शोमा सहभागी हुनुभएको छ ।”

    कार्यक्रममा म्यान्मारकै अस्मिता न्यौपाने, कतारको प्रतिनिधित्व गर्दै जुनु प्रसाइँ, सिक्किमबाट दीपराज राई र नेपालबाट प्रशान्त पोखरेलले मन्त्री पाण्डेसहितलाई गीत सुनाउनुभएको थियो । 

    इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पना रहेको ‘मेरो भ्वाइस युनिभर्स’ बिहीबार र शुक्रबार साँझ तथा ‘मेरो डान्स युनिभर्स’ आइतबार र सोमबार साँझ नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।

    दुवै रियालिटी शोको प्रथम हुनेलाई जनही रु एक÷एक करोड, दोस्रोलाई रु ३०÷३० लाख, तेस्रो हुनेलाई रु १०÷१० लाख र उत्कृष्ट १० मा पर्ने सहभागीले जनही रु तीन लाख पुरस्कार राशि प्राप्त गर्नुहुने बताइएको छ । दुवै शोको ग्राण्ड फिनाले आगामी भदौ ७ गते गोदावरीमा हुने कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij