Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

माछापुच्छ्रे बैंक लिमिटेडको खुद नाफा २ अर्ब नाघ्यो, नाफामा ९२.४५% को उल्लेखनीय वृद्धि

माछापुच्छ्रे बैंक लिमिटेडको खुद नाफा २ अर्ब नाघ्यो, नाफामा ९२.४५% को उल्लेखनीय वृद्धि

  • काठमाडौं।माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, बैंकले सो अवधिमा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९२.४५ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो।

    ब्याज आम्दानी र इम्पेरमेन्ट चार्जमा सुधार

    बैंकको नाफा बढ्नुको प्रमुख कारण खुद ब्याज आम्दानीमा १५.४१ प्रतिशत वृद्धि र इम्पेरमेन्ट चार्जमा उल्लेखनीय कमी हो। समीक्षा अवधिमा इम्पेरमेन्ट चार्ज १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा झरेको छ। यसले बैंकको सञ्चालन मुनाफामा उल्लेख्य वृद्धि गरेको छ।

    अन्य वित्तीय प्रदर्शनहरू

    • खुद फि तथा कमिशन आम्दानी: १८.१६% ले वृद्धि
    • कुल सञ्चालन आम्दानी: १६.५१% ले वृद्धि
    • सञ्चालन मुनाफा: ९९.९१% ले वृद्धि

    प्रतिशेयर आम्दानी (EPS) र अन्य सूचकांक

    • प्रतिशेयर आम्दानी (EPS): ८ रुपैयाँ ३१ पैसाले बढेर १७ रुपैयाँ ३१ पैसा
    • वितरणयोग्य मुनाफा: १ अर्ब ७ करोड रुपैयाँ
    • वितरणयोग्य EPS: ९ रुपैयाँ २३ पैसा
    • मूल्य आम्दानी अनुपात (P/E Ratio): १४.९९ गुणा
    • प्रतिशेयर नेटवर्थ: १६३ रुपैयाँ ८० पैसा

    पूँजी संरचना र कर्जा निक्षेप स्थिति

    बैंकको चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ।
    असार मसान्तसम्ममा बैंकले १८ खर्ब ४१ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब १६ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij