
काठमाडौं।उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड (ULBSL) ले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार अघिल्लो वर्ष नोक्सानीमा रहेको संस्था चालु वर्षको सोही अवधिमा ३ करोड ४२ लाख रुपैयाँ खुद नाफामा पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त ३ करोड ५१ लाख रुपैयाँको नोक्सानीमा थियो। सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम घटेकै कारण यो आर्थिक वर्षमा लघुवित्त नाफामा फर्किएको हो।
वित्तीय विवरण अनुसार, समिक्षा अवधिमा:
खुद ब्याज आम्दानी १६.८२% ले बढेको छ,
अन्य सञ्चालन आम्दानी १०५.४४% ले वृद्धि भएको छ, र
कुल सञ्चालन आम्दानी २२.८१% ले बढेको देखिन्छ।
गत वर्ष सम्भावित जोखिम व्यवस्थाका लागि ६ करोड ३९ लाख रुपैयाँ छुट्याएको लघुवित्तले यो वर्ष मात्र १ करोड ८ लाख रुपैयाँ मात्र छुट्याएको छ। यिनै कारणहरूले संस्थाको नाफा बढ्न सहयोग पुर्याएको विश्लेषण गरिएको छ।
असार मसान्तसम्ममा लघुवित्तका निम्न वित्तीय सूचकहरू देखिएका छन्:
प्रतिशेयर आम्दानी (EPS): ३२ रुपैयाँ २६ पैसा
प्रतिशेयर नेटवर्थ: १९० रुपैयाँ ९६ पैसा
मूल्य आम्दानी अनुपात (P/E Ratio): १०५.०७ गुणा
१० करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ७ लाख रुपैयाँ सञ्चित रहेको छ। संस्थाले:
९२ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन,
१ अर्ब ४० करोड २७ लाख रुपैयाँ सापटी, र
२ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij